दलित शसक्तिकरणका लागि समुदायबाट नै सचेतनाका कार्यक्रम गर्न आवश्यक : देवराज विश्वकर्मा



रमा नेपाली

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायका लागि राज्यले धेरै अवसर प्रदान गरेको बताउनु भएको छ । राज्यले दिएको अधिकारलाई आफ्नो क्षमता अनुसार दलित समुदायका यूवाहरुले काम गर्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।

दलित समुदायबाट प्रतिनिधित्व गरेका वडा सदस्य, कार्यपालिका सदस्य, वडा अध्यक्षले आफ्नो समुदायबाट नै सचेतनाका कार्यक्रम गर्न आवश्य रहेकोमा जोड दिनु भएको छ ।

दाङका दश स्थानीय तहले दलित समुदायका लागि गरेका कार्यक्रमका बारेमा कुरा भइरहेको बताउनुभयो । यद्यपी तुलसीपुरमा भने दलित सशक्तीकरण ऐन नै भएका कारण राम्रा कामहरु भएको बताउनुभयो । दाङमा दलित समुदायको संख्या धेरै भएकाले अब कुरा भन्दापनि आफ्नो बुद्धि, विवेक, क्षमताले काम गरेर देखाउपर्ने बताउनुभयो ।

नेपालको संविधानको मौलिक हक र कर्तव्य अन्तर्गतको धारा २४ ले छुवाछूत तथा भेदभावविरुद्धको हक तथा धारा ४० ले दलितको हकको सुनिश्चितता गरेको भन्दै यसमा कानुन निमार्ण, कार्यन्वयनका लागि आयोगले पहल गरिरहेको बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्मा, राष्ट्रिय दलित पत्रकार संघ दाङका अध्यक्ष गिरीराज नेपाली, साझेदारी विकास मञ्चका अध्यक्ष खेमराज विश्वकर्मा, दलित सशक्तिकरण ऐनका सदस्य बच्चुराम परियारले दलित समुदायले अहिले पनि भित्रि रुपमा विभिन्न खालका जातिय विभेद भोगिरहेको बताउनुभयो । यस्ता विभेद अन्यत्यका लागि अब राम्रा योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमा दलित महिला संघ दाङका कार्यक्रम संयोजक पोषन सेन्चुरीले दाङका दश पालिकाले दलित समुदायका लागि गरेका कार्यक्रम र बजेटका बारेमा जानकारी गराउनु भएको हो । त्यस अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा सदस्य रमा नेपाली र लुम्बिनी प्रदेश सदस्य गिरीराज नेपालीलाई सम्मान गरिएको हो ।

दलित महिला संघ फेडोको आयोजनामा आज (बुधबार) दलित सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गरिएको हो । दलित महिला संघ दाङका अध्यक्ष यूवा कराराको अध्यक्षता तथा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यत्रमको सहजीकरण फेडोका सचिव गंगा विश्वकर्माले गर्नु भएको हो ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्