नीजि विद्यालयकै कारण सरकारी विद्यालयको शिक्षामा सुधार हुन थालेको छ : न्यौपाने



निरला अर्याल

नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष सुवास न्यौपानेले निजी विद्यालयकै कारण सामुदायिक विद्यालयमा शैक्षिक सुधार आउन थालेको बताउनुभएको छ । रिपोटर्स क्लब दाङले तुलसीपुरमा गरेको सात्क्षात्कार कार्यक्रममा अध्यक्ष न्यौपानेले निजि विद्यालय नभएको भए सामुदायिक विद्यालयको शिक्षा प्रतिष्पर्धामा नजाने निश्चित रहेको बताउनुभयो ।

उहाँले नेपालमा कतिपय सामुदायिक विद्यालयमा शिक्षकको संख्या धेरै भएको तर विद्यार्थीको संख्या ज्यादै न्यून भएकोले सरकारलाई चुनौति थपिएको बताउनुभयो । उहाँले निजी विद्यालयको विकास भएपछि शिक्षा क्षेत्र अगाडि बढ्ने बताउनुभयो । निज विद्यालयमात्रै नभएर राम्रो भएर नहुने भन्दै सामुदायीक विद्यालय पनि त्यतिकै राम्रो हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सामुदायिक विद्यालयमा १२ सम्मको नि ः शुल्क शिक्षा भने पनि विभिन्न बहानामा शुल्क लिएको पाइएको उहाँले बताउनुभयो । उहाँले ५२ वर्ष बनेको शिक्षा विधेयकले अहिलेसम्म काम चलाउँदा शैक्षिक विकास सोचे अनुरुप अघि बढ्न नसकेको बताउनुभयो । उहाँले पुरानै शिक्षा प्रणाली हाबि हुँदा उलेख्य विकास र परिवर्तन हुन नसकेको बताउनुभयो ।

निजी विद्यालयहरु बढ्दै गएपछि सरकारले कर तिर्नु पर्छ भनेर कम्पनीमा लगेको र अहिले फेरि निजी गुठी र सार्वजनिक गुठीमा लैजान खोज्दा आफुहरु आन्दोलित हुनुपरेको उहाँको भनाई छ । कम्पनीमा रहेपछि लगानी सुरक्षित हुन्छ भनेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुर्याएकाे  उहाँले बताउनुभयो ।

निजी विद्यालयलाई विश्वास गर्ने वातावरण तयार गरेपनि राज्यले निजि विद्यालयप्रतिको दृष्टीकोण सकारात्मक बनाउन नसकेकोमा दुखेसो व्यक्त गर्नुभयो ।

त्यस अवसरमा नेश्नल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा निजि विद्यालयको भूमिका अहम् भूमिका रहेको बताउनुभयो ।

रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता नेश्नल प्याब्सनका अध्यक्ष न्यौपानेको प्रमुख आतिथ्यतामा साक्षात्कार कार्यक्रम भएको हो । कार्यक्रमको  सहजीकरण रिपोटर्स क्लब दाङका महासचिव बिमल गौतमले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्