
अपाङ्गता भएका व्यक्तिहरूका अधिकारको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम तुलसीपुर उपमहानगरपालिका १५ मा सम्पन्न भएको छ।
‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन’ भन्ने नारासहित आयोजित कार्यक्रम वडा नं. १५ को सहयोग, DEC–Nepal को समन्वय र लालिगुराँस अपाङ्गता समावेशी स्वावलम्बन समूहको आयोजनामा भएको हो।
समूहका अध्यक्ष रिसमान चौधरीको अध्यक्षता र वडा सदस्य सीता लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको सेवा सुविधामा पहुँच, स्थानीय तहको भूमिका र अधिकार सुनिश्चितताका मुद्दामा छलफल गरिएको थियो।
समूहका उपाध्यक्ष खरिलाल वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेष्ठ नागरिक झुपलाल बुढा र हरिप्रसाद न्यौपानेले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमकाे शहजिकरण राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशकी उपाध्यक्ष देवा डाँगीले गर्नु भएको थियाे ।

