लागुऔषध दुव्र्यसन नियन्त्रणमा आउन नसकेको सरोकारवालाहरुले बताएका छन् । समाजमा लागुऔषधकै कारण विभीन्न घटनाहरु घटिरहेको भन्दै सम्बन्धित निकाय गम्भीर नभएको उनीहरुले बताए । तुलसीपुरमा आयोजित ‘लागु औषध तथा अपराध नियन्त्रण’ सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले अभिभावक,समाज र राज्यले लागुऔषध दुव्र्यसन नियन्त्रणमा चासो दिनुपर्ने बताएका छन् ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले नैतिक शिक्षाको पुर्नताजगी नहुँदा अपराधका घटनाहरु बढेको बताउनु भएको छ । सुवेदीले समाजमा नकरात्मक प्रचार नै अपराधको मुख्य कारणको तत्व भएको बताउनुभयो ।
दाङमा बढी रहेको अपराधका अर्को मुख्य कारण तत्व लागुऔषध पनि रहेको उहाँको भनाई छ । दाङमा लागूऔषध नियन्त्रण गर्न प्रशासनले विभिन्न खालका जनचेतना मुलक कार्यक्रम, प्रहरी प्रशासन, स्थानीय सरकार लगायतका विभिन्न निकायहरुले नियमन नियन्त्रण गर्न लागि परेको बताउनुभयो ।
प्रमुख सुवेदिले आगामी दिनमा अभिभावक, विद्यार्थी, स्थानीय सरकार, प्रहरी प्रशासन र जिल्ला प्रशासनको समन्वयमा लागू औषध नियन्त्रणका लागि कार्यक्रम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी राम बहादुर केसीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार जिल्लामा पछिल्लो वर्षको तुलनामा अपराधिक घटनामा कमी आएको बताउनुभयो । एसपी केसीका अनुसार दाङमा चालु आर्थिक वर्षको ६ महिनामा १४६ वटा विभिन्न खालका अपराधिक घटनाहरु घटेका छन् । दश पालिका मध्यबाट सबैभन्दा बढी अपराधिक घटनाहरु घोराही र तुलसीपुर उपमहानगरपालिकामा घट्ने गरेको उहाँको भनाइ छ ।
त्यस्तै एसपी केसीले यस आर्थिक वर्षको ६ महिनामा सबै भन्दा बढी जवरजस्तीकरणीको मुद्दा ४६ वटा दर्ता भएको बताउनुभयो । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले लागू औषधलाई नियन्त्रण गर्न शिक्षा र जनचेतनाको खाँचो रहेको बताउनुभयो । आगूऔषध नियन्त्रण गर्न समयतालिका पनि एक महत्वपूणर् रहेको बताउनुभयो ।
चौधरीले अशिक्षित वर्गलाई जनचेतना मुलक अन्तरक्रिया, जिविकोपार्जन खालका काम, सानो सानो काम गर्नेलाई पनि प्रोत्साहन गर्न सके अहिलेका युवाहरुलाई लागूऔषधको पहुँचबाट टाढा राख्न सकिने बताउनुभयो ।
तुलसीपुरमा ‘लागु औषध तथा अपराध नियन्त्रण’ सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले आफू मातहत रहेका उमेर समूहका विद्यार्थीहरु बढि कुलतमा फस्ने भएकोले चिन्ता व्यक्त गरेका छन् । नयाँ पाइला पुर्नस्थापना केन्द्र बिजौरीका कार्यकारी निर्देशक सुरेश भुषालले अभिभावकले बालबालिकालाई समय नदिँदा कुलतको बाटो अंगाल्ने गरेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञ बहादुर बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विजय गौतमले गर्नुभएको हो ।