समृद्ध समाज दंगीशरणको दोस्रो साधारण सभा सम्पन्न



May be an image of 7 people and people standing

समृद्ध समाज दंगीशरणले आर्थीक वर्ष २०७९÷०८० मा बिभीन्न शिर्षक बाट कुल ३१ लख ३२ हजार ६ सय ८० रुपैँया आम्दानी गर्न सफल भएको छ । सस्ंथाको दोस्रो वार्षिक साधारण सभामा प्रश्तुत गरिएको आर्थीक प्रतीवेदनमा यस्तो उल्लेख गरिएको छ । कोषाध्यक्ष सिता डांगीले प्रश्तुत गर्नुभएको आर्थीक प्रतीवेदनमा सस्ंथाले सस्ंथागत तर्फ अल्या रकम, सदस्यता वितरण र नविकरण, कर्मचारी कल्याण कोष, छात्रबृत्ति कोष, यस्तै कार्यक्रमगत तर्फ सहकर्मी समाज बाट प्राप्त रकम बाट सस्ंथाले आम्दानी गर्न सफल भएको छ । यस्तै आर्थीक प्रतीवेदनका अनुशार सस्ंथा आवद्धता र नविकरण, समाज कल्याण परिषद दर्ता, विपन्न विधार्थीलाई छात्रबृत्ती, बैंक तथा नगद मौज्दात, चेतनामुलक तालिम तथा कार्यशाला, आयआर्जनका लागि घुम्ती कोष वितरण, स्ंस्थामा नीति निर्माण र कार्यान्वयन, कृषि पशु फलफुल र उधमशिल विकास, लैंगिक समता तथा सामाजिक समावेशिकरण, पोषण चेतना कार्यशाला र होडिङबोर्ड, कर्मचारी तलव, प्रशासनिक खर्च र बैंक तथा नगद मौज्दात जस्ता विभीन्न शिर्षकमा गरि ३१ लख ३२ हजार ६ सय ८० रुपैँया नै खर्च भएको छ । यस्तै प्रतिवेदनमा आगामि वर्ष अनुमानीत कुल ८५ लाख ७६ हजार ४ सय ४१ आम्दानी गर्ने लक्ष्य लीएको छ ।

May be an image of 6 people and people standing
विगत ६ वर्ष देखि दंगीशरणमा सामाजीक कार्य गर्दै आएको समृद्ध समाजमा १०१९ जना साधारण सदस्य र ४५१५ लाभान्वित जनसंख्या छन् । जसमा ५१ सामुदायीक समुह र ७ वटा सामुदायीक मूलसमितीहरु ऋावद्ध छन् । जसमा ८४९ जनाले करेसाबारी, ब्यवसायीक तरकारी खेती, १८ जनाले सामुहीक बाली काट्ने कार्य, ४७ समुहले पालीकाको कृषि शाखा मार्फत सेवा सुविधामा पहुँच बृद्धि , ३४ समुहका ३८९ जनाले च्याउ खेती, ५५३ घरले पशुपालन, ४१ समुहका ८६९ घरले फोहोर फाल्ने खाडँल निर्माण, ३ वटा समुहले बैठक बस्ने घर निर्माण, २६ समुहले बाटो मर्मत सरसफाई,३४ समुहका २९३ जनाले भाँडा सुकाउँने टाँडि निर्माण, २७ समुहका २६२ घरले नँया चर्पि निर्माण र पुराना चर्पि मर्मत जस्ता सामाजीक , सामुहिक कार्य गर्दै आएको छ ।

यसैबिच संस्थाले विपन्न वर्गका ५ जना बिधार्थीलाई छात्रबृत्ती कोष उपलब्ध, ३१ ज्ना सुत्केरी गर्भवती महिलालाई पोषणका लागि कुखुरा उपलब्ध, १९१ घरलाई १५ प्रकारका ११०५ वटा फलफुल विरुवा ढुवानीका लागि सहयोग, आर्यआर्जनका लागि २२ जनालाई घुम्तीकोष वितरण, पोषण चेतनाका लागि होडिङ्ग बोर्ड स्थापना, ३८ जना समुहका अगुवाहरुलाई पशुपालन शिप विकाश तालीम, सिलाईकटाई, लेखापरिक्षण कार्यशाला लगाएतका सामाजीक योगदान गरेको छ । यस्तै समुहको आफनै कोष बाट ६९ लाख ३६ हजार २ सय ५ रुँ. पुगेको संस्थाका सह सचिव झरणा चौधरीले प्रश्तुत गर्नुभएको वार्षिक प्रतीवेदनमा जनाईएको छ ।

May be an image of 8 people and people standing

समृद्धको आधार,शान्ति विकास र अधिकार भन्ने मुल नाराका साथ समृद्ध समाज दाङको दोस्रो बार्षिक साधारणशभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम दंगीशरण गाउँपालिकाको हेकुलिमा सम्पन्न साधारण सभामा कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतीथि शम्भु गिरीले समृद्ध समाजले समृद्ध समाज निर्माणमा खेलेको भूमिका सह्राहनीय रहेको भन्दै दंगीशरणबासीहरुको जिवन स्तर बदल्न ठूलो भूमिका खेलेको बताउनुभयो । अध्यक्ष गिरीले गाउँपालिकाको कार्यविधि अनुशार आगामी दिनमा गाउँपालिका र समृद्ध समाज मिलेर विपन्न वर्गका नागरीकहरुको जिवन स्तरमा परिवर्तन गर्नका लागि संगसर्गै अगाडि बढ्ने बताउनुभयो ।

May be an image of 6 people and people standing

कार्यक्रममा निबर्तमान गाउँपालिका अध्यक्ष भागिराम चौधरी र सहकर्मि समाज का सस्ंथागत विकास अधिकृत पुनाराम पन्थिले पाचँ वर्ष देखि नै गाउँपालिकासंग सहकार्य गर्दै काम गरिरहेको भन्दै आगामि दिनमा पनि फरक ढंगले गाउँपालिकाको साथ र सहयोगमा दंगीशरणमा कार्यक्रमहरु संचालन गर्नुपर्ने बताएका थिए ।

May be an image of 5 people and people standing

No description available.

सो अवसरमा शान्ती समुहकि भावना डांगी, पन्चकन्या मुल समितीकि पार्वता कंडेल, सिद्ध महिला बचत सहकारी सस्ंथाका बिष्णा गौतम, दंक्षीण देउखुरी अधिकार मंचका देवराज कवँर, समाज विकास सञ्जाल वंगलाचुलीका भिम बहादुर राणा, जिल्ला समन्वय समितीका टोपाराम चौधरी, वडा न. १ का वडा अध्यक्ष रमेश भण्डारी, वडा न. ४ का कमल चौधरी,वडा न. ६ का रोषणजंग शाह लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

May be an image of 5 people and people standing

May be an image of 6 people and people standing

समृद्ध समाज दाङकि अध्यक्ष दिल कुमारी बिकको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका भित्रका ७ वटा वडामा रहे
का ५१ वटा समुहरुका महिलाहरुको उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रममा उत्कृष्ट काम गर्ने वडा न ६ को प्रगतिशील टोल समुहलाइ पुरुस्कृत समेत गरिएको थियो । कार्यक्रममा बिभिन्न समुहले नृत्य , गित , तथा सडक नाटक समेत प्रदर्शन गरेका थिए । सस्ंथाका सदस्य पावर्ती चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण समृद्ध समाजका सचिव बालकृष्ण खडेकाले गरेका थिए ।

May be an image of 14 people and people standing

May be an image of one or more people and people standing

May be an image of 11 people, people standing and indoor

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्