
दाङ तुलसीपुर कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका २५३ कैदीबन्दीमध्ये ७८ जना अझै फरार रहेका छन्।
कारागारका जेलर गिरबहादुर सिजवालका अनुसार हालसम्म १५५ जना कैदीबन्दी फिर्ता भएका छन्, जसमा २० जना अन्य जिल्लाका कारागारमा छन्।
फरारमध्ये ८४ जनालाई पक्राउ गरिएको र ९१ जना आफैं फर्किएका सिजवालले बताए। भदौ २३ र २४ गते गरी कुल २५३ जना कैदी फरार भएका थिए।
बाँकी ७८ जनाको खोजी जारी रहेको कारागार प्रशासनले जनाएको छ।
प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार

