ग्रिन फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले स्थानीय उत्पादनलाई उच्चतम प्रविधिबाट प्रशोधन गरि ब्यवसायिक बन्नुपर्ने बताउनु भएको छ । गाउँघरमा उत्पादित बस्तुलाइ अझै बढावा दिदै बजारिकरण गरि ब्यवसायिक रुपमा फस्टाउदै लग्नुपर्ने बताउनुभयो । स्वास्थ्यका हिसावले पनि सातु फाइदाजनक भएकोले यसकाे प्रयाेग गर्न सकिने बताउनुभयाे ।
“मकै गाइबस्तुलाइ मात्र खुवाउने गरेका छाैँ तर जौ र मकैबाट बनाइने सातुमा उच्च कार्बोहाइड्रेट, फाइबर, सूक्ष्म पोषक तत्व, आइरन, म्याग्नेसियम, सोडियम र प्रोटिन पाइन्छ । क्यालोरीको मात्रा कम रहनु यसको अर्को विशेषता हो । जौ र मकैबाहेक चना, गहुँको पनि सातु बनाउन सकिन्छ । पछिल्लो नेपालमा यसकाे माग बढ्दाे छ ।”-उहाँले भन्नुभयाे।
ग्रिन फाउन्डेसन नेपालको आयोजना र आरआर आई को आर्थिक सहयोगमा सञ्चालन भइरहेको ५ दिने “महिला उद्यमशिलता विकास, रैथाने अचार तथा सातु उत्पादन तालिमको उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हाे ।
उहाँले तालिममा सिकेका कुरालाई ब्यवहारमा लागू गरेमा उत्पादन गरेका वस्तुलाई बजारिकरण, प्याकेजिङ र लेभलिङमा समेत सस्थाले सहजिकरण गर्ने बताउनुभयो । साथै यस तालिमले महिला उधमशिलतालाइ सहयाेग पुग्ने बताउनुभयो ।
ग्रिन फाउन्डेसन नेपाल दाङका उपाध्यक्ष आसा जि.सि.अधिकारीकाे अध्यक्षता तथा ग्रिन फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेकाे प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हाे ।
साे अवसरमा हरियाली मञ्च नेपालका अध्यक्ष शुरेस रावत, समाजसेवि एव उधमि विनाेद शर्मा , डिल्ली डांगि लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिय ।
कार्यक्रमकाे शहजिकरण सचिव जित बहादुर खड्काले गर्नु भएको थियाे । पाँच दिन सम्म चल्ने तालिमा २३ जना महिलाहरुकाे सहभागीता रहेको छ । तालिमकाे पहिलाे दिनकाे प्रशिक्षकमा लाेकराज पन्त रहनुभएकाे थियाे ।
गुणस्तरीय , स्वास्थ र स्थानीय उत्पादनका सातु र अचार बजारमा ल्याउने उदेश्यका साथ तालिमकाे आयाेजना गरिएको आयाेजकले जनाएको छ ।