प्रहरी कार्यालयमा छिटो छरीतो सुचनाका लागि छुट्टाछुट्टै मोबाईल सेट



No description available.

इलाका प्रहरी कार्यालय तुलसीपुरले सूचनाको सहज पहुँचका लागि विभिन्न कार्यहरु गरेको जनाएको छ । छिटो छरीतो रुपमा सहज पहुँचका लागि कार्यालयले मोबाईल सेटको ब्यवस्था गरेको जनाएको छ । शुक्रवार शान्ति सुरक्षा तथा समसामहिक विषयमा संचारकर्मीसंगको भेटघाट तथा अन्तक्रिया कार्यक्रममामा प्रहरीले यसलाई नवीनतम कार्यका रुपमा यी योजनाहरु अगाडि सारेको जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुर प्रसाद पोख्रेलले नवीनतम कार्यहरुका बारेमा जानकारी दिदै इलाका प्रहरी कार्यालय कक्षमा रहेका धुनुवाहरुको लागि पुस्तकालय राखिएको, मोवाइल गाडीको लागि, क्यूआर, राप्ती प्रादेशिक अस्पतालको लागि र उजुरी शाखाको लागि छुट्टा छुटै मोवाइल सेट र मोवाइल नम्वरको व्यवस्था गरेको बताउँनुभयो । कुनै घटना भएमा सम्पर्क गर्न र सहजै सूचना आदान प्रदान गर्न ४ स्थानमा मोवाइल सेट राखिएको उहाँले जानकारी दिनुभयो ।

प्रहरी उपरिक्षक पोख्रेलका अनुशार छुट्टाछुट्टै सुचना लीनदिनका लागि मोवाइल गाडीको लागि ९७६४३४७९४५, क्यूआरको लागि ९७६४३४७९४४, राप्ती प्रादेशिक अस्पतालको लागि ९७६४३४७५६३, र उजुरी शाखाको लागि ९७६४१९५९६६ मोवाइल सेट राखीएको छ ।

यस्तै अल्पकालिन योजनामा कार्यालय परिसरमा शुद्ध पिउने पानीको लागि युरो कार्ड राख्ने, प्रहरी कार्यको सूचना प्रवाहको लागि डिजिटल बोर्ड राख्ने, क्यूआरको लागि २ वटा थप मोटरसाइकल गर्ने र कार्यालय प्रमुखको आवास निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । ।

यसैबिच इलाका प्रहरी कार्यालय तुलसीपुरमा चालु आर्थिक बर्ष २०८०÷०८१ को साउन महिना देखी फागुन मसान्तसम्म विभिन्न प्रकृतिका मुद्धाहरु दर्ता भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक ठाकुर प्रसाद पोखरेलका अनुशार विभीन्न प्रकृतीका ३ सय ९७ वटा मुद्धा दर्ता भएका छन् । शुक्रवार शान्ति सुरक्षा तथा समसामहिक विषयमा संचारकर्मीसंगको भेटघाट अन्तक्रियामा प्रहरी उपरिक्षक पोखरेलले यस्तो जानकारी दिनुभएको हो ।

प्रहरी उपरिक्षक पोखरेलका अनुशार कार्यालयमा अभद्र व्यवहार गरेको भन्दै ६५ वटा मुद्धा दर्ता भएका छन । त्यस्तै बैकिङ् कसुर ४७,झुण्डी आत्महत्या ४७, भवितव्य ज्यान ३०,सार्वजनिक शान्ति कसुर ३०, सवारी ज्यान सवारी भवितव्य १९, फुटकर ज्यान १८, चोरी १५, विष सेबन गरि आत्महत्या १२, बहुविवाह ११, ज्यान मार्ने उद्योग १२, जवरजस्ती उद्योग ८, लागु औषध ६, अपराधिक लाभ ५, कर्तव्य ज्यान ५, आत्महत्या दुरुत्साहन ३, मुद्रा सम्बन्धी कसुर २, सरकारी दस्तखत किर्ते २, अपराधी उपद्रव २, ठगी २, बालविवाह तथा जवरजस्ती करणी १, अपहरण शरिर बन्धक तथा जवरजस्ती करणी १, बाल यौन दुरुपयोग १, कुटपिट अंगभग १, साइवर अपराध १, मानव बेचविखन १, बालविवाह १, जुवा १ वटा गरि ३ सय ९७ मुद्धा दर्ता भएका छन् ।

यी मुद्धा मध्य २ सय २८ वटा मुद्धा फच्र्यौट भैसकेको र ५६ वटा मुद्धा अनुसन्धानकै क्रममा रहेका छन् । कार्यालयमा केही पुराना र नयाँ गरि हाल १ सय १३ वटा मुद्धा पेन्डिङमा रहेका छन । त्यस्तै लागु औषध सम्बन्धी ६१ वटा मुद्धा परेकोमा ६० मुद्धा फच्यौट भैसकेका छन भने १ वटा फच्यौट हुन बाँकी रहेको प्रहरी उपरिक्षक पोख्रेलले जानकारी दिनुभयो ।

यसैबिच चालु आर्थिक बर्षको हालसम्म २ सय ७२ वटा निवेदन दर्ता भएका छन । जसमा घरेलु हिंसा अन्र्तगत ४२ वटा निवेदन परेकोमा ४० वटाको मिलापत्र भएको छ भने २ वटा बाँकी रहका छन् । यस्तै सामाजिक हिंसा अन्र्तगतका ३ सय २२ वटा निवेदन आएकोमा १ सय ३१ वटामा मिलापत्र गरिएको छ भने १ सय ९१ वटा बाकी रहेका छन् । त्यसैगरी खोजतलास सम्बन्धी २ सय ७९ वटा निवेदन आएकोमा २ सय वटा मिलापत्र भएको र ७९ वटा बाकी रहेका छन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुर अन्तर्गत ४ वटा इलाका प्रहरी कार्यालय ५ वट्टा प्रहरी चौकी, ९ वटा अस्थायी प्रहरी पोष्ट र राप्ती प्रादेशिक अस्पताल तुलसीपुर १ गरि जम्मा १९ वटा प्रहरी इकाई रहेको उहाँले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्