दाङको तुलसीपुर मा नवउद्यम प्रवद्र्धन सम्बन्धी एकदिने कार्यशाला



दाङको तुलसीपुर मा नवउद्यम प्रवद्र्धन सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । व्यवसाय सुरु गर्न इच्छुक नवउद्यमी तथा सक्रिय उद्यमीलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ र ग्रीन फाउन्डेसन नेपाल को आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिका को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
महासंघका अध्यक्ष लालबहादुर केसी को अध्यक्षता तथा नगरप्रमुख टिकाराम खड्का को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खड्काले नयाँ बजारको खोजी गर्ने अभ्यासको अभावका कारण अधिकांश व्यवसाय गुजारामुखी अवस्थामा सीमित रहेको बताउनुभयो । उहाँले बजारको मागअनुसार उत्पादन र व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्दै आन्तरिक तथा बाह्य बजारको विश्लेषण गरेर काम गर्न सके नवप्रवर्तनले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो । साथै भौगोलिक बनावटअनुसारका उत्पादनलाई प्रतिस्पर्धात्मक बनाउन नवीन योजना आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्