ज्ञान ज्योति फाउन्डेसन द्वारा सञ्चालित सनलाइट मोडर्न सेकेण्डरी स्कुल प्रस्तावित ज्ञान ज्योति मोडेल स्कुल लमहीको २८ औं वार्षिकोत्सव तथा ज्ञान ज्योति मोडेल स्कुल लमहीको समुद्घाटन भब्य कार्यक्रमका विच सम्पन्न गरिएको छ ।
शिक्षा क्षेत्रको विकास र विद्यार्थीलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने लक्ष्यसहित लमहीमा ज्ञान ज्योति मोडेल स्कुलको शनिबार भव्य उद्घाटन भएको छ । स्कुलको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणी चौधरीले शिक्षाको मुलभुत सिद्धान्तलाई सबैले अंगाल्नु पर्ने धारणा राख्नुभयो ।
शिक्षक भनेको डाक्टर हो, विद्यालयमा विभिन्न प्रकृतिका बालबालिका हुन्छन उनिहरु भित्रको चाहानालाई पहिचान गर्ने के बन्न के सिक्न चाहान्छन ? उक्त कुरा बुझेर उनिहरुलाई शिक्षा प्रदान गर्नु पर्छ’- उहाँले भन्नु भयो । सामाजिक सञ्जाल बन्धन नभएर सिकाई र बुझाईको माध्यम हो भन्ने बुझ्न जरुरी छ, बालबालिकाको साथी संगत कस्तो छ भन्ने कुराको ख्याल राख्नु पर्छ, मनोसामाजिक परामर्श अत्यन्तै आवश्यक कुरा भएको उहाँले बताउनुभयो ।
राष्ट्रिय परिक्षा बोर्ड दाङका प्रमुख कमल अर्यालले ज्ञान ज्योति मोडेल स्कुल लमही अब प्रदेशमा मात्र हैन राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा शिक्षाको विगुल फैलाउदै जानू पर्ने बताउनुभयो । अधिकांश विद्यार्थी परिक्षामा डराउने गर्छन तर अब बालबालिका परिक्षा आयो भन्दा रमाउने खालको शिक्षा प्रदान गर्न जरुरि रहेको उहाँको भनाई छ । आफू र आफ्ना बालबालिकालाई अनुशासनमा राख्न अर्यालले अभिभावकलाई आग्रह गर्नुभयो ।
लमही नगरपालिकाका पुर्व नगर प्रमुख कुल बहादुर केसीले लुम्बिनी प्रदेश राजधानी क्षेत्रमा शिक्षण संस्था थपिदै जानु राम्रो पक्ष भएको बताउनुभयो । शिक्षामा प्रतिष्पर्धा हुनुपर्छ, जति धेरै शिक्षण संस्था थपिदै जान्छन त्यति धेरै यो क्षेत्रको विकास हुन्छ’- केसीले भन्नु भयो । आधुनिक प्रविधिको प्रयोग, अनुभवी शिक्षकहरू र व्यावहारिक शिक्षण पद्धति विद्यालयको मुख्य आधार हो, यो कुरालाई सबैले मनन गर्नु पर्ने केसीको भनाई थियो ।
ज्ञान ज्योति फाउन्डेसनका संस्थापक अध्यक्ष टीका बहादुर जिसीले ज्ञानज्योति मोडेल स्कुललाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन प्रतिबद्ध रहेको बताउनुभयो । विद्यार्थीहरूलाई सिर्जनशील र व्यावहारिक शिक्षामा आधारित बनाउने लक्ष्यसहित शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो ।
सनलाइट मोर्डन स्कुलका अध्यक्ष शेषमणी गौतमले ज्ञानज्योति मोडेल स्कुल शिक्षाको उज्यालो ज्योति फैलाउने अभियानका रूपमा अघि बढ्ने कुरामा विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरूलाई जीवनोपयोगी सीप, अनुसन्धानमुखी अध्ययन र नैतिक शिक्षामा आधारित कार्यक्रमहरू सञ्चालन गरेर सबैको मन जितोस भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
ज्ञान ज्योति फाउन्डेसनका सिइओ सुरेन्द्र जिसीले स्वागत मन्तव्य राख्दै विद्यार्थी र अभिभावकको विश्वास, पढाइमा विद्यार्थीको अभिरुचि र लगनशीलतालाई केन्द्रमा राखेर शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने बताउनुभयो । प्राविधिक शिक्षामा जोड दिँदै लमही क्षेत्रमा शिक्षाको ज्योति छर्ने उद्देश्यका साथ अगाडि बढ्ने बताउनुभयो । ज्ञान ज्योति फाउन्डेसनको भावी रणनीति र योजनाका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा मुख्य आकर्षणका रूपमा नेपाली लोक संगीतका चर्चित गायक अर्जुन सापकोटा रहेका थिय । समय बित्दै गयो विद्यालयका तर्फबाट दर्जनौँ विभिन्न जातजाति भेषभुषा झल्कने नृत्यहरू प्रस्तुति सकिँदै गए अनि पालो आयो कार्यक्रमका मुख्य आकर्षक गायक अर्जुन सापकोटाको मञ्चबाट अर्जुन सापकोटाको नाम उच्चारण हुने बित्तिकै सापकोटा दर्शक दिर्घाबाट दौडिँदै आफ्नो प्रस्तुतिका लागि मञ्च तर्फ गए, यता बेग्र प्रतिक्षामा सयौं विद्यार्थी तथा अभिभावकहरू रहेका थिए। जब मञ्चबाट आफ्नो प्रस्तुति सुरु गरे माहोल एकाएक तातियो अर्जुन सापकोटाको आवाजबाट पहिलो गीतको रूपमा रातैभरि निद्रा छैन आँखा झिमिझिमी, यसो आँखा जोड्यो भने सपनीमा तिमी, चोली फाट्यो मायाको, लौन नि भैया हान्देउ गुलेलीले, भेट्न आए दौडेर स्याइ स्याइ आखिरीमा भयन केही न केही, तिम्रो याद आयो र बेसी झरेको बोलका चर्चित गीतहरू गाएर विद्यार्थी तथा अभिभावकहरुलाई नचाहेका थिए । अभिभावक, विद्यार्थी तथा शिक्षा प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।
ज्ञान ज्योति फाउन्डेसनका संस्थापक अध्यक्ष टीका बहादुर जिसीको अध्यक्षता शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणी चौधरीको प्रमुख आतिथ्यता एवं लमही नगरपालिकाका पुर्व नगर प्रमुख कुल बहादुर केसी र राष्ट्रिय परीक्षा बोर्ड दाङका निवर्तमान कार्यालय प्रमुख रामजनम चौधरीकाे विशिष्ट आतिथ्यताका साथै सनलाइट मोडर्न सेकेन्डरी स्कुलका अध्यक्ष शेषमणि गौतम, सनलाइट मोडर्न सेकेन्डरी स्कुलका निवर्तमान प्रिन्सिपल रेशम बुढा मगरको विशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा ज्ञान ज्योति मोडेल स्कुल लमहीका प्रिन्सिपल राजु यादवले धन्यवाद व्यक्त गर्नुभएको थियो भने विद्यालयका फाइनान्स हेड मधु न्यौपाने, शिक्षिका चमेली पुन मगरले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण ज्ञान ज्योति फाउन्डेसनका शिक्षक सन्तोष केसी र सोमराज बस्नेतले गर्नुभएको थियो ।