दाङमा बबई नदीले बगाउँदा एक महिला वेपत्ता भएकी छन् । विहान ४ बजेतिर तुलसीपुर १४ मटेरा स्थित आफन्तीको घर जाने क्रममा नदी तर्न खोज्दा १९ बर्षीय सृजना चौधरीलाई बगाएको हो ।
बुधबार विहान ४ बजेतिर बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयाे ।
उनको खोजी कार्य जारी राखिएको छ । दाङमा नियमित बर्षादले गर्दा नदी तथा खोलाहरुमा पानीको वहाब बढेको छ ।
प्रकाशित मिति : २०८१ असार २० गते बुधवार