जनतासंग जोडिएका गतीविधी बाहिर ल्याउँन जिम्मेवारीपूर्वक लाग्नुस् ःकोमल वली



नेकपा एमाले केन्द्रिय सदस्य कोमल वलीले पत्रकारहरु अक्षर बाट नै समाज र जनताले खोजेको चिज पस्किनुपर्ने बताउँनुभएको छ । प्रेस चौतारी दाङ शाखाले आज तुलसीपुरमा गरेको २५ औँ स्थापना दिवशका अवसरमा आयोजना गरेको रक्तदान तथा महिला भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेकि वलीले एमालेकै जनप्रतीनिधिद्धारा दाङमा थुपै्र भौतीक पुर्वाधारहरु निर्माण भएपनि पत्रकारहरुले यसलाई बाहिर ल्याउन नसक्दा जनताहरु अझै आफनो गाउँ ठाउँको बारेमा अनविज्ञ रहेको बताउँनुभयो । एमाले पार्टि माथी घेराबन्दि हँुदा पनी प्रेस चौतारीबाट जती हुनुपर्ने काम हो त्यसो नहुदा आज एमाले पार्टिले दाङमा हार बेहोर्नु परेको भन्दै वलीले दःुख ब्यक्त गर्नुभयो । अवका दिनमा आफनो काम प्रती प्रेस चौतारीले समिक्षा गर्नुपर्ने उहाँको भनाई थियो । समृद्धि संग जोडिएको प्रेस चौतारी २२ वटा संगठन भन्दा बलीयो संगठन भएकाले यसले अझै पनी पार्टिको गतिविधि संगै जनतासंग जोडिएका गतीविधीलाई बाहिर ल्याउँन जिम्मेवारीपूर्वक लाग्नुपर्ने सुझाव दिनुभयो । “पत्रकार समाजको विश्वासीलो पात्र हो, त्यसैले समाज संग नजिकै जोडिएर काम गनुपर्छ ।” वलीले भन्नुभयो ।
कार्यक्रममा पार्टि केन्द्रिय सदस्य साजिदा सीद्धिकी, पार्टि अध्यक्ष हुकुम बहादुर वस्नेत,प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सबीन प्रियासन, केन्द्रिय सदस्य गणेश आचार्य, चौतारी विभाग प्रमुख संगीत बस्याल, एमाले तुलसीपुर नगर कमिटि अध्यक्ष माधव वली, लुम्बिनी प्रदेश मुख्यमन्त्रीका प्रेस संयोजक टिका बस्नेत लगाएतकाले बोल्नुभएको थियो ।
सो अवसरमा ११ जना पत्रकारले रक्तदान गरेका थिए । यस्तै स्थापना
दिवशका अवसरमा आयोजित महिला भेलाले दिप्तीशिखा चौधरीको संयोजकत्वमा प्रेस चौतारी महिला विभाग गठन गरेको छ जसको उपसंयोजकमा लक्ष्मी पोख्रेल, सचिवमा सुरक्षा चौधरी रहनु भएको छ । यस्तै सदस्यहरुमा मुना खनाल, सुहाना सुनार, प्रेम कुमारी मगर, मनु डि.सी, सिर्जना थापा लगाएतका रहनुभएको छ ।
प्रेस चौतारी दाङका अध्यक्ष ईन्द्र डि.सी.को अध्यक्षतामा भएको कार्यक्रमको शहजीकरण सचिव किरण गौतमले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष प्रेम राम्जा र धन्यवाद ज्ञापन उपाध्यक्ष सुधासुमन ढकालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्