नेकपा (एमाले) का महासचिव शङ्कर पाेखरेलले नेताहरूबीच हुने अनौपचारिक संवादलाई तोडमोड गरी प्रचारबाजी गर्न नहुने स्पष्ट पार्नु भएको छ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले हालै सार्वजनिक गरेको भनाइप्रति असन्तुष्टि जनाउँदै महासचिव पाेखरेलले अनौपचारिक कुराकानीलाई राजनीतिक रूपमा तोडमोड गरेर प्रचार गर्नु अनुचित भएको टिप्पणी गर्नुुभयाे ।
माओवादी केन्द्रका नेता पुनले आफ्नो पार्टीसँग कुनै प्रकारको आग्रह गरेको भन्ने सन्दर्भलाई सार्वजनिक गरेपछि त्यसको खण्डन गर्दै महासचिव पाेखरेलले यदि कुनै विषयमा सहयोग वा छलफल आवश्यक पर्थ्यो भने माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग प्रत्यक्ष संवाद हुने बताउनुभयो ।
एमाले नेताले राजनीतिक स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको भन्दै उहाँले राजनीतिक ध्रुवीकरणमार्फत् बलियो राष्ट्रिय शक्ति निर्माण गर्नु अहिलेको आवश्यक रहेको बताउनुभयो ।
हालको सङ्कटपूर्ण राजनीतिक परिस्थितिमा बहुदलीय सहकार्य आवश्यक रहेको तर्क गर्नुभयाे ।
उहाले राजनीतिक स्थायित्वका लागि बलियो दलहरूको निर्माण आवश्यक रहेको भन्दै साना दलहरूलाई कानूनी रूपमा निषेध गर्ने कुरा नभएको स्पष्ट पार्नुभयाे ।