तुलसीपुर महोत्सब, आज दर्शकको उल्लेख्य उपस्थिती



दाङको तुलसीपुरमा गत मंसिर २५ गतेदेखि सञ्चालित महोत्सब जारी छ । गत २५ गतेदेखि लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको आज सातौ दिन दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो । यूथ्स अफ तुलसीपुरको आयोजनामा गत आईतबारदेखि महोत्सव सुरु भएको हो ।

महोत्सवको सातौ दिन आज राष्ट्रिय तथा स्थानिय कलाकारहरुले आ९आफ्नो प्रस्तुति राखेका छन् । आज गायक प्रकाश सपुत, गायिका प्रिती आले, गायक प्रेमविवश घर्ती, सगरमाथा डान्स ग्रुप लगाएत राष्ट्रिय तथा स्थानियस्तरका कालाकारहरुले आ९आफ्नो प्रस्तुति राखेका हुन् ।

त्यस्तै आज २० हजार बढी दर्शकले मेला अवलोकन गरेको मेलाका सास्कृतिक सहसंयोजक प्रेम विवश घर्तीले जानकारी दिनुभयो । त्यस्तै भोलीपनि चर्चित कलाकारहरुको प्रस्तुती रहने उहाँले बताउनुभयो ।

भोली पौष ३ गते गायक हेमन्त शर्मा, गायिका ऋतु कँडेल, सन्तोष बस्याल, गायक प्रेमविवश घर्ती, सगरमाथा डान्स ग्रुप लगाएत राष्ट्रिय तथा स्थानियस्तरका कालाकारहरुको प्रस्तुती रहने उहाँले बताउनुभयो ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने थप उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव आगामी पुष ६ गते सम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ पुष २ गते शनिवार
प्रतिक्रिया दिनुहोस्