चलचित्र पत्रकारिता दिवस तथा चलचित्र पत्रकार संघ नेपालको २५ औ वार्षिकोत्सवका अबसरमा दाङका पत्रकार शिव पुन पुरस्कृत हुनु भएकाे छ । चलचित्र पत्रकार संघ दाङ शाखाका निवर्तमान अध्यक्ष रहेका पत्रकार पुन सोमवार काठमाडौंमा भएको कार्यक्रममा राष्ट्रिय चलचित्र मोफसल पुरस्कार–२०८१ बाट पुरस्कृत हुनुभएकाे हाे ।
विगत डेढ दशकदेखि लुम्बिनी प्रदेशको राजधानी दाङलाई कार्यक्षेत्र बनाएर चलचित्र पत्रकारिता गर्दै आएका पुनलाइ मोफसलमा रहेर चलचित्र क्षेत्रको विकासमा खेलेको भूमिकाको उच्च मुल्याङ्कन गर्दै नगद सहित पुरस्कृत गरेको हो ।
चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष समीर बलामीको अध्यक्षता तथा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको प्रमुख आतिथ्य एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमा पत्रकार पुन पुरस्कृत हुनुभएकाे हाे ।
चलचित्र पत्रकार संघ नेपाल लुम्बिनी प्रदेश संयोजक समेत रहेका पत्रकार पुन तुलसीपुरमा रहेको रेडियो हाम्रो पहुँचमा कार्यरत हुनुहुन्छ ।