चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य न्यौपानेलाई जिल्ला शाखा दाङद्धारा स्वागत



No description available.

चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य ध्रुवराज न्यौपाने “डी आर एन ” लाई चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले स्वागत तथा सम्मान गरेको छ । चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय सदस्यमा मनोनित भए पश्चात न्यौपानेलाई शाखाले स्वागत् तथा सम्मान गरेको हो।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य न्यौपानेले रंग पत्रकारहरुको साझा संगठन चलचित्र पत्रकार संघलाई उचाइमा पुर्याउन अहोरात्र खटिने बताउनु भयो । जिल्लामा बिट पत्रकारितालाई स्थपित गराउन आफूले कडा मिहिनेत गरेको परिश्रमको फल पाएको छु न्यौपानेले भन्नुभयो । उहाँले संघलाई क्रियाशील गरी पेसागत विकासमा पेसागत विकाशमा जिल्लासँग साझेदारी गरी अगाडि बढ्ने प्रतिबद्धा व्यक्त गर्नु भयो । केन्द्रीय सदस्य न्यौपाने २०७३ सालमा जिल्लाको अध्यक्ष्य बन्नु भएको थियो भने हालको सल्लाहकार पनि हुनुहुन्छ ।

No description available.

कार्यक्रम प्रेस युनियन दाङका कार्यबाहक अध्यक्ष नारायण खड्का तथा संघका निवर्तमान अध्यक्ष्य शिव पुनले सफल कार्यकालको शुभकामना दिनुभएको छ। संघका उपाधक्ष्य पूर्ण केसीले स्वागत् मन्तव्य राख्नु भएको थियो भने सहजीकरण सचिव निरला अर्यालले गर्नुभएको थियो । साथै संघले नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान पनि गरेको थियो । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्ष्यतामा सम्पन्न भएको  हो ।

प्रकाशित मिति : २०८० बैशाख १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्