सिकलसेल बिरामीका लागि दुखाई ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण



No description available.

दाङ को घोराहीमा सिकलसेल बिरामीहरुका लागि दुखाई ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सिकलसेलका बिरामीहरुले दुखाई ब्यवस्थापन गर्नका लागि अपनाउनुपर्ने भुमिकाहरुको बारेमा जानकारी गराईएको हो ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डा। उमाकान्त तिवारीले सिकलसेलका बिरामीहरुले दुखाई कम गर्नका लागि सामान्य मान्छेले पिउने पानी भन्दा बढी मात्रामा पानी पिउनुपर्ने, सिटामोल वा डाक्टर दिएको सल्लाह बमोजिम औषधी सेवन गर्नुपर्ने, स्वाश फेर्न गाह्रो र दुखाई बढी भएको खण्डमा तुरुन्तै अस्पताल पुर्याउनुपर्ने लगायतका बिषयमा जानकारी गराउनुभएको थियो ।

संस्थाले २०५१ सालदेखी महिला, बालबालिकाहरुको शसक्तीकरण, बिपत ब्यवस्थापन, शिक्षा, कृषि, पशुपालन, स्वास्थ्य लगायतको क्षेत्रमा बिबिध काम गर्दै आएको छ । साथै केहि समय अघि संस्थाले सिकलसेल बिरामीहरु पहिचान गर्न भनि घोराही १० नारायपुरमा सिकलसेल स्वाथ्य शिबिरको आयोजना गरेको थियो । उक्त क्याम्पबाट ४१ जना सिकलसेलका बिरामीहरु पहिचान भएका थिए । ति सिकलसेल बिरामीहरुका लागि शिक्षा तथा आयआर्जनका क्षेत्रमा पनि संस्थाले सहयोग गर्ने सस्ंथाले जनाएको छ ।

ग्रामीण महिला उत्थान केन्द्र दागंको आयोजना तथा मेट लाईफ ईन्सोरेन्सको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । संस्थाका सल्लाहाकार सोगत चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सुचना अधिकारी पार्वती बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्