
लेफ्ट आर्म पेश बलर रिजन ढकाल र स्पिनर सूर्य तामाङ चम्किएपछि दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत आज भएको खेलमा वाग्मती प्रदेशले कर्णाली प्रदेश विरुद्ध ९ विकेटको सहज जीत निकालेकाे छ ।
कर्णालीले दिएकाे ५९ रनकाे सामान्य लक्ष्य गण्डकी प्रदेशले ६ दशमलव ३ अाेभरमा २६१ बल अगावै ९ विकेटको जीत हासिल गर्याे ।
अाशुताेष घिरैया २० बलमा ४ चाैकासहित १९ रनमा र शुभ कंशाकार ९ बलमा १ छक्का र २ चाैकासहित १६ रनमा अविजित रहँदै जीत दिलाए । ईशान पाण्डेले ११ बलमा १ छक्का र २ चाैकासहित २२ रन जाेडे । बलिङमा कर्णालीका दीपेन्द्र रावतले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे कर्णालीका खेलाडी रिजन ढकाल र सूर्य तामाकाे बलमा लगातार पेभेलियन फर्किएपछि १९ दशमलव १ अाेभरमा अलअाउट हुँदै ५८ रनमा समेटिएको थियाे ।
सुनिल धमलाले १५ रन जाेड्नु बाहेक अरु खेलाडी सस्तैमा समेटिए।
रविन्द्र शाही ८ रन, विपिन शाही २ रन, राज शाह २ रन, दीपेन्द्र रावत ५ रन, अर्जुन घर्ती ५ रन, दिनेश रावत ५ रन, दिनेश अधिकारी ४ रन, प्रकाश जैशी ४ रनमा अाउट भए ।
गण्डकीका रिजन ढकालले ८ दशमलव १ अाेभरमा १ मेडनसहित १९ रन खर्चेर ५ विकेट लिए ।
सूर्य तामाङले ७ अाेभरमा २ मेडनसहित १७ रन दिएर ४ विकेट लिए ।
गण्डकीलाई सहज जीत दिलाउने अाधार तयार गरि पाँच विकेेट लिएका रिजन ढकाल प्लेयर अफ द म्याच भए ।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली विरुद्ध सहज जीत निकाल्दै वाग्मती कुल ८ अंकका साथ चाैथाे स्थानमा उक्लिएकाे छ ।
कर्णाली प्रदेश भने आजकाे हारसँगै पाँचौं स्थानमा झरेकाे छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा
३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । राउण्ड राेविनका आधारमा भईरहेकाे प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।
तीन खेल मैदानमा भईरहेकोे प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरि ४६ वटा खेल भईरहेका छन् ।
यता, दाङमा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १२ गतेसम्म हुने प्रतियोगितामा अब अब भाेलि चैत १२ गते नेपाल पुलिस क्लब र कर्णाली प्रदेश बिच खेल हुने तालिका रहेको छ ।

