दोश्रो गोरखा कप फुटबल प्रतियोगिता सुरु, राज्यले खेलकुद लाई उपेक्षा गर्‍यो- अध्यक्ष भन्डारी



लक्ष्मण बस्नेत

दोस्रो गोरखा कप छात्र/ छात्रा फुटबल प्रतियोगिता २०८२ आज देखि सुरु भएको छ । गोरखा ग्रुप प्रालीको आयोजना तथा गोरखा सेकेन्डरी स्कुल तुलसिपुरको ब्यबस्थापनमा संचालित प्रतियोगिताको तुलसिपुर उपमहानगरपालिका वडा न ६ का अध्यक्ष दुजमान भन्डारी ले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले राज्यले सिङ्गो खेलकुद क्षेत्र लाई उपेक्षा गरेको बताउनु भएको छ । खेलकुद मानव जिवनकै अभिन्न अंग हो, स्वस्थ जिवनशैली हो, नेपाल भन्दा कान्छा मुलुकले खेलकुदकै माध्यम बाट देश लाई समृद्धिको बाटोमा अगाडि बढाई सक्दा नेपालको खेलकुद दिनप्रतिदिन खस्किनुले स्पष्ट रुपमा राज्यले खेलकुद लाई उपेक्षा गर्‍यो भन्न सकिन्छ उहाँले भन्नूभयो । साथै उहाले खेलकुद क्षेत्रमा हावी भएको राजनिति ले फोहोरी खेलका बिचमा नेपाली खेलकुद क्षेत्र धराशायी भएको दाबी गर्नुभयो । दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले राष्ट्रको सान र गौरव जोडिएको खेलकुद क्षेत्र लाई राज्यका तिनै तहका सरकारले उचित सम्बोधन गर्न नसकेको बताउनु भयो ।

खेलकुद राज्यका आवश्यक पर्ने स्वस्थ, अनुशासित,सबल र सक्षम युवा जनशक्ति तयार गर्ने प्रमुख थलो भएपनी यसलाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो नबन्दा नेपाली खेल क्षेत्रले उचाई लिन नसकेको धारणा ब्यक्त गर्नुभयो । साथै उहाले खेल क्षेत्रको बिकासका लागि राज्यको मुख ताकेर मात्र नहुने भन्दै खेलकुद प्रति आस्था राख्ने सबै खेलप्रेमी एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।

सबल शरिर,अनुशासन र सशक्त बिचार – खेलकुद गोरखा ग्रुपको पहिचान र आधार भन्ने मुल नाराका साथ संचालित प्रतियोगिताको उद्घाटन समारोह गोरखा ग्रुपका अध्यक्ष बिष्णु घर्तिको अध्यक्षतामा भएको थियो ।

सो अवसरमा गोरखा ग्रुपका उपाध्यक्ष बालकृष्ण रोकामगर,एकेडेमीक डाईरेक्टर दुर्गा बहादुर केसि,ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख डिएसपी हुम बहादुर पराजुली,फुटबलका पुर्व राष्ट्रिय खेलाडी सुधिर गुरुङ, गोरखा माबी तुलसिपुर संचालक समितिका उपाध्यक्ष डोर बहादुर जिसि,गोरखा माबी घोराहिका प्रीन्सिपल मानसिह रोका,गोरखा लालमटियाका प्रीन्सिपल वसन्त पुनमगर,गोरखा आवासीय तुलसिपुरका प्रीन्सिपल रबिन खड्का लगाएतको उपस्थिती रहेको थियो ।

गोरखा सेकेन्डरी स्कुल तुलसिपुरका प्रीन्सिपल बिजयमान जिएमको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन गोरखा माबी तुलसिपुरका शिक्षक सुधान्सु गुप्ताले गर्नु भएको थियो ।
यसैबिच प्रतियोगिताको छात्र तर्फ गोरखा घोराही र गोरखा लमहीले फाईनल यात्रा तय गरेका छ्न् ।

गोरखा लालमटिया लाई सुन्यका विरुद्ध ३ गोलले पराजित गर्दै गोरखा घोराही फाईनल प्रवेश गरेको हो । त्यस्तै गोरखा तुलसिपुर लाई ट्राईवेकरमा ४ का विरुद्ध ५ गोल गर्दै गोरखा लमहीले गोरखा घोराही संगको फाइनल भिडन्त पक्का गरेको हो ।

त्यस्तै छात्रा तर्फ गोरखा तुलसिपुर र गोराही गोरखा ले बिजयी यात्रा सुरु गरेका छन् । आज सम्पन्न उद्घाटन खेलमा गोरखा लालमटिया लाई १ का विरुद्ध २ गोलले पराजित गर्दै गोरखा तुलसिपुरले बिजयी यात्रा सुरु गरेको हो । त्यस्तै छात्रा तर्फको दोस्रो खेलमा लमही गोरखा लाई १ का विरुद्ध २ गोलले पराजित गर्दै घोराही गोरखा बिजयी भएको हो ।

प्रतियोगिताको फाईनल खेल भोलि आईतवार ११ बजे देखि सुरु हुनेछ । प्रतियोगिताको बिजेताले गोरखा कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता बिधालयलाई कप,मेडल प्रमाणपत्र प्रदान गरिनेछ ।

दुईदिन सम्म संचालन हुने प्रतियोगितामा गोरखा ग्रुपका गोरखा सेकेन्डरी स्कुल तुलसिपुर,गोरखा ईन्टरनेशनल पब्लिक स्कुल घोराही,गोरखा मोडल स्कुल लमही र गोरखा आईडल स्कुल लालमटियाका छात्र तर्फ चार र छात्रा तर्फ तिन टिमको सहभागीता रहेकोछ ।

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्