दिपक र कृषले हस्पिटलको बेडमा छट्पटाई रहेकी इन्द्रालाई रगत दिए



पछिल्लो समय दिनप्रतिदिन रक्तचापका बिरामी बढ्दै गइरहेका छन् भने अर्को तर्फ बिरामी बढ्दै जादा रक्त गृह (रेड क्रस)मा रगतको अभाव खट्किदै गइरहेको पाइन्छ । यहीँ समयमा आज बिहानै सल्यान त्रिबेनी गाउँपालिका– ६ पोखरी पन्चमुल निवासी गोबिन्द बुढाथोकी छोर्री २८ बर्षीया इन्द्रा खड्कालाई रगतको अति आवश्यक भएको थियो ।

ऊनी नेपालमा मात्र नभई छिमेकी देश भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउदा पनि सन्चो नभएको, हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको कोठा नं.२३ को बेड नं.५ मा उपचार भइरहेको र उनलाई (ए पोजेटिभ) रगतको अतिनै आबश्यक परेको सुचना आयो ।

बिरामीका आफ्नतहरु यता उता कहिँ कतै रगत पाइन्छ कि भन्दै भौतारिरहेका थिए । त्यहीँ समयमा रगतको अभावले बेडमा बिरामी छट्पटीएको सुचना लायन्स क्लब अफ क्यापिटल दाङका अध्यक्ष दिपक केसीले थाहा पाए । उनले जानकारी पाउने बितिकै लायन्स क्लब अफ क्यापिटल दाङकै सदस्य कृष बोहरा संग हस्पिटल पुगेर बिरामीको अवस्था बुझे जहाँ तत्कालनै रगतको निकै आवश्य भएको पाए ।

ऊनी हरु बिरामीको अवस्था बुझे पछि फेरि कहिँ गुहार माग्न लागेन्न आफू दुबै जनाले रगत दिने निर्णय गरे जुन निर्णयले गर्दा बेडमा रगतको अभावले छट्पटीएकि बिरामिको सहारा बन पुगे । पछिल्लो समयमा लायन्स क्लब अफ क्यापिटल दाङ निकै उदाहरणीय काम गर्दै धेरै नागरीकको सहारा बन्दै गैरहेको छ जुन कार्यले समाजमा सकारात्मक संदेश पैदा हुँदै गहिरहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्