
देशभर जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बन्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालबाट संकलन गरेको तथ्यांक अनुसार सोमबार अपराह्नसम्म ३ सय ४७ जना घाइते उपचाररत रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १ र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ ।
यसैबीच, घाइतेहरूको अवस्था मध्यमदेखि गम्भीरसम्म रहेको र विभिन्न अस्पतालमा थप उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार

