पश्चिम दाङमा माध्यामिक शिक्षा परीक्षा एसइई दिन गएकी बालिका बलात्कृत भएकी छिन् । शिवशक्ति माविमा कक्षा १० मा अध्यनरत १६ वर्षिया बालिका आफूलाई पढाउने शिक्षकबाट बलात्कृत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।
सोही विद्यालयका शिक्षक शान्तिनगर गाउँपालिका ७ निवासी खुमानन्द पौडेलले १६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । गत सोमबार करिब ८ बजेतिर शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ति माविको प्रशासकीय भवनको भर्याङमुनी बलात्कार गरेको बालिकाले दिएको जाहेरीमा आरोप लगाएकी छिन् ।
बालिका सोही विद्यालयकि बोर्डस विधार्थी भएको प्रहरीले बताएको छ । बलात्कार आरोप लागेका पौडेल फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ चैत्र २२ गते बुधवार