मा. वि. अश्वारा दाङको ६४ औँ बार्षिक उत्सव सम्पन्न



No description available.

माध्यमिक विधालय अश्वारा दाङको ६४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस आज मंगलवार सम्पन्न भएको छ । बिधालय अभिभावक संघका अध्यक्ष भुपेन्द्र भण्डारीको अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालीकाका उपमेयर स्यानी चौधरीको प्रमुख आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतीथी उपमेयर चौधरीले स्थानीय सरकार बिधालय सुधारमा लागेको भन्दै सरकारी बिधालयमा लगानी गरेको बजेलाई सहि सदुपयोग गर्न बिधालयलाई आग्रह गर्नुभयो । उहाँले अभिभावकले पनि आफनो छोराछोरीहरुको पढाई प्रती चासो दिनुपर्ने बताउँनुभयो । शिक्षकहरु सरकारी जागीरलाई मात्र फोकस नगरेर शिक्षा सुधारमा लाग्न आग्रह गर्नुभयो । सामुदायीक बिधालयको शिक्षा सुधारका लागि पालीकाबाट शिक्षकहरुलाई तालीम दिने काम भएको भन्दै तुलसीपुरका १९ वटा वडामा ८३ वटा सामुदायीक बिधालयको सुधारमा लाग्ने प्रतीबद्धता ब्यक्त गर्दै सबैको साथ र सहयोग आवश्यक रहेको बताउँनुभयो ।

No description available.

सो अवसरमा वडा न.९ का वडा अध्यक्ष घनश्याम ढकाल, बिधालय ब्यवस्थापन समितीका सदस्य तारा बहादुर बस्नेत, शिक्षक अभिभावक संघका सदस्य चिरञ्जीवी शर्मा, टेकनाथ योगि, मा.वी. टिकरीका प्र.अ.हरी बहादुर वि.क.,नेकपा एमालेका टोपबहादुर वली, काँग्रेसका दशरथ वली, लगाएतले शुभकामना ब्यक्त गनुृभएको थियो ।

बार्षिकउत्सवका अवसरमा छात्रछात्रा बिच हाजीरी जवाफ प्रतीयोगिता, कपर्डि, फुटवल, भलीवल, दौड प्रतीयोगिता, हाईजम्प, लंगजम्प लगाएतका प्रतीयोगिता सम्पन्न भएको थियो । विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी बिधार्थीहरुलाई पुरस्कृत गर्नुका साथै शैक्षिक वर्ष २०७९ को वार्षिक परीक्षामा प्रथम, दोस्रो र तेस्रो हुने कक्षा १ देखि १२ सम्म तथा वन विज्ञानतर्फका विद्यार्थीलाई प्रमाण पत्र प्रदान गरिएको थियो । सो अवसरमा उत्कृष्ट शिक्षकका रुपमा निवृत शिक्षक नवराज शर्मालाई सम्मान गरिएको थियो ।No description available.

यसैबिच, विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य, केशवकुमार लामिछाने र उहाँकी धर्मपत्नी विनिता लामिछानेले आफ्ना स्वर्गीय छोरा कृतेश लामिछानेको स्मृतिमा १ लाख ५१ हजार १ सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको थियो ।

No description available.

शिक्षीका स्मृती योगिको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण शिक्षीका अनीमा बैध्यले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्