नारी शसक्तीकरणका लागि उत्प्रेरणा र नेतृत्व बिकास कार्यक्रम घोराहीमा हुने



 

नारी शसक्तीकरणका लागि उत्प्रेरणा र नेतृत्व बिकास सम्बन्धी कार्यक्रम २०८० दाङकाे घोराहीमा हुने भएको छ । ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र दागं शाखाका संञ्चालक अन्जना खड्काको अध्यक्षतामा घोराहीमा बसेकाे दागं जिल्लाका महिला संघ संस्थाका प्रमुुख तथा प्रतिनिधिहरु संगको छलफलले कार्यक्रम गर्ने निर्णय गरेको हाे ।

यहि आउदाे चैत्र १ गतेका दिन ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र घोराही दागंको शाखा कार्यालयमा अन्र्तराष्ट्रिय मोटीभेसनल स्पिीकर राजु घलेको उपस्थीस्थीतीमा नारी शसक्तीकरणका लागि उत्प्रेरणा र नेतृत्व बिकास सम्बन्धी कार्यक्रम गर्ने भएको हो ।

अन्र्तराष्ट्रिय मोटीभेसनल स्पिकर राजु घलेद्धारा जिल्ला स्थित मातृशक्तीलाई सकारात्मक र नेतृत्व बिकास गर्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ ।

छलफलमा नेपाल पत्रकार महासंघका सल्लाहकार लक्ष्मी आर्चाय, नेपाल महिला सामुुदायिक सेवा केन्द्र, ग्रामीण महिला उत्थान केन्द्र दागं, अन्तरपाटी महिला संजाल, मानव कल्याण तथा बातावरण केन्द्र, स्वच्छ नेपाल लगायतका संस्थाहरुको प्रमुख तथा प्रतिनिधित्वहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्तमको सहजीकरण ब्रह्मकुमार माधव तिमिल्सेनाले गर्नुभएको थियो।

ब्रह्माकुमारी ईश्वरीय विश्व बिद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल शाखा घोराही दाङ लुम्बिनी प्रदेश काे आयाेजना तथा दाङ जिल्लाका राजनैतिक महिला संघ संघठन एवं सामाजिक संघ संस्थाहरुहरु ( अन्तरपार्टि महिला सञ्जाल ,नेपाल महिला संघ ,अखिल नेपाल महिला संघ,अखिल नेपाल महिला सघ( क्रान्तिकारी),अखिल नेपाल महिला सघ क्रान्तिकारी,महिला मानव अधिकार रक्षक सञ्जाल,नेपाल महिला सामुदायिक सेवा केन्द्र,ग्रामीण महिला उत्थान केन्द्र,समाज कल्याण केन्द्र नेपाल, स्वच्छ नेपाल संस्था,मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, ओरेक नेपाल,सामाजिक रुपान्तरणका लागि महिला मन्च ,गतिशील समाज ,पत्रकार महिला मन्चकाे समन्वयमा कार्यक्रम हुने भएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्