पशुपति महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिकोत्सव तथा पाँचौ अधिवेशन सम्पन्न



श्री पशुपति महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिकोत्सव तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । बिहीबार तुलसीपुरमा एक कार्यक्रमको बिच अधिवेशन सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष यमूना शाहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिरेन्द्र शाहकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी विरेन्द्र कुमार शाहले स्थानीयतहले वार्षिक रुपमा सहकारी संस्थाको विकासका लागि रकम छुट्याएको भए पनि सहकारी सञ्चालकहरुले पाएको अधिकार  लिन नसकेको बताउनुभयाे । पछिल्लो समय सहकारीबाट ऋण लिएर ब्याजको लोभमा गैर सदस्यहरुलाई लगानी गर्नेक्रम बढेकाले त्यसको अन्त्य हुनुपर्ने कुरामा जाेड दिनुभयो  । आफ्नो अधिकारले दिएसम्म सहकारी संस्थाहरुको विकासका लागि सहयोग गर्न तयार भन्दै सहकारी काे भाैतिक निर्माणका लागि सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो  ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सहकारीको बारेमा राम्रो संग नबुझेर कारोबार गर्दा धेरै बचतकर्ताको लगाडी डुबेको बताएका थिए । पछिल्लो समय सहकारीमा जम्मा गरेको पैसा निकाल्न पाउँछु कि पाउँदैन भन्ने द्विविधा वचतकर्तामा परेको भन्दै सहकारी राम्रो बनाउन निति, विधि र प्रविधिमा टेकेर अगाडी बढ्न सुझाव दिए।

साे अवसरमा  जिल्ला सहकारी संस्थाका अध्यक्ष हेमराज गौतम, तुलसीपुर उद्योग वायिाज्य संघका वरिष्ठ उपाध्यक्ष ललितजंग शाह, अधिकारकर्मी शुष्मा गिरी, सहकारी शाखा तुलसीपुरका प्रमुख शुशिला केसी, तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्ती, रासस प्रमुख नारायणी रजाैरे लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियाे ।

। कार्यक्रममा लेखा प्रतिवेदन सितारा नेपाली र आर्थिक प्रतिवेदन कोषध्यक्ष रेश्मी वलीले प्रस्तुत गर्नुभएकाे थियाे । साे अवसरमा जेष्ठ नागरिक दण्डकुमारी ढकाल, हिरा बादी, पार्वती भुसाल, असल ऋणी गिता बादी रुपा नेपाली, सेयर सदस्य वृद्धिकर्ता सिता निउरे, सारदा केसी र पुस्पा पौडेललाई सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष लक्ष्मी वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण सचिव शुशिला भट्टराईले गर्नुभएकाे थियाे।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्