कसरी कपाल फुल्ने क्रमलाई रोक्न सकिन्छ ? अझ महत्वपूर्ण प्रश्न कपाल के कारणले फुल्छ ? कपाललाई अहिले रोक्न केही विधि अपनाउन सकिन्छ ? त्यस्ता विधि अपनाएर केही हदसम्म कपाल फुल्ने क्रमलाई रोक्न वा नियन्त्रण गर्न सकिन्छ ? आज यो विषयमा जानकारी लीउँ ।
किन फुल्छ कपाल ?
कपाल फुल्नुमा एउटा मात्र कारण छैन । यसमा पोषक तत्वको अभावदेखि वंशाणुगत कारण हुनसक्छ । यदि बुवाआमा वा आफ्नो वंशको कपाल फुल्ने समस्या छ भने त्यो अरु सन्ततिमा पनि सर्न सक्छ । त्यसबाहेक शरीरमा कतिपय पोषक तत्व अभाव भएमा कपाल फुल्छ । जस्तो भिटामिन बी(६, बी(१२, बायोटिन, भिटामिन डी वा भिटामिन ई, खनिज र प्रोटिनको कमीले कपालमा प्रभाव पार्न सक्छ ।
यसैगरी कपाल फुल्नुमा अहिले मुख्य कारण बनेको छ, तनाव । मान्छे जति तनावग्रस्त हुन्छ कपाल फुल्ने जोखिम पनि बढ्छ । अर्को चाहिं कपालमा अहिले विभिन्न किसिमको रसायन लगाउने प्रवृत्ति पनि व्यापक छ । त्यसको साइड इफेक्टले कपाल फुल्न सक्छ ।
थाइराइड, हर्मोनको गडबडीजस्ता समस्याले समेत कपाल फुल्न सक्छ ।
अब के गर्ने त ?
जीवनशैली, खानपानमा विशेष ख्याल गर्नु जरुरी छ । खासगरी एन्टिअक्सिडेन्टयुक्त खानेकुरा खानुपर्छ । ब्रोकाउली, गोलभेंडा, एभोकार्डो, ओखर, ग्रीन टीजस्ता खानेकुरामा एन्टिअक्सिडेन्ट भरपुर पाइन्छन् । यसैगरी फलफूल, भिटामिनयुक्त खानेकुरा खानुपर्छ । सम्भव भएसम्म तनाव व्यवस्थापन गर्नुपर्छ ।
अनलाईन बाट साभार