ग्वारखोलामा पक्कीपुल निमार्णको माग गर्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र



No description available.

दाङ र रोल्पाको सिमानामा पर्ने रानीवास स्थित ग्वारखोलामा पुल निमार्णको माग गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । बिजौरी उद्योग वाणिज्य सघंले सोमवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

“होलेरी ग्वारखोला हुँदै तुलसीपुर” सडक–खण्डको रोल्पाको रुण्टीगढी गाँउपालिकाको वडा नं. ६ र ८ जोड्ने तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को सिमाना रानीवास स्थित ग्वारखोलामा पक्की पुल नहुँदा त्यहाँका स्थानीयले आवतजावतमा वर्षौ देखि समस्या खेप्दै आएका छन । ‘पुल नभएकै कारण वर्षायामको समयमा यातायात तथा पैदल हिड्ने यात्रुहरुलाई आवागमनमा निकै समस्या भएको हुदाँ उक्त स्थानमा पक्की पुल निमार्ण गर्नका लागि आवश्यक व्यवस्था गरिदिनुहुन अनुरोध छ,‘ध्यानाकर्षण पत्रमा भनिएको छ ।’

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री चौधरीले पुल निमार्णको प्रक्रिया तत्काल अघि बढाउन भौतिक पुर्वाधार मन्त्रीलाई आदेश दिनुभएको छ । त्यस अबसरमा बिजौरी उद्योग वाणिज्य सघंले सोलार बत्ती,सिसि क्यामेरा जडानका लागि आवश्यक व्यवस्था गरिदिन मुख्यमन्त्रीलाई आग्रह गरेको महासचिव दीपक कुमार बस्नेतले बताउँनुभयो  । त्यस अवसरमा चौधरीले सोलार बत्ती जडानमा सहयोग गर्ने  बताउँनुभयो  । तर उहाँले त्यसको महसुल भने व्यवसायीहरु आफै मिलेर तिर्नुपर्ने बताउँनुभयो  । साथै घोराही देखि तुलसीपुरसम्मका मुख्य बजारहरुमा जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाबाट निगरानी हुने गरि सिसि क्यामेरा जडान गर्न थालेको मुख्यमन्त्री चौधरीले  बताउँनुभयो ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्