तुलसीपुर महोत्सवआज नवौ दिन, गायिका ज्योती मगरको प्रश्तुतीले दर्शकहरु रमाए



लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको आज नवौ दिन गायिका ज्योती मगरको प्रश्तुतीले दर्शकहरु रमेका थिए । आज कलाकार ज्योती मगर सहित गायक प्रेम शर्मा, देवेन्द्र बस्नेत, गायक प्रेमविवश घर्ती, सगरमाथा डान्स ग्रुप लगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारकोे प्रस्तुतीमा दर्शक रमेका हुन् ।

यूथ्स अफ तुलसीपुरको आयोजनामा गत २५ गते आईतबारदेखि महोत्सव सुरु भएको हो । त्यस्तै आज १२ हजार बढी दर्शकले मेला अवलोकन गरेको मेलाका सास्कृतिक सहसंयोजक प्रेम विवश घर्तीले जानकारी दिनुभयो ।

त्यस्तै भोलीपनि चर्चित कलाकारहरुको प्रस्तुती रहने उहाँले बताउनुभयो । भोलीपनि गायक गायक सन्दिप न्यौपाने, गायिका रचना रिमाल, गायक प्रेमविवश घर्ती, सगरमाथा डान्स ग्रुप लगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुती रहने उहाँले बताउनुभयो ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने समेत उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव आगामी पुष ६ गते सम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्