लामो समयदेखि भइरहेको खडेरीपश्चात शुक्रबार बिहानैदेखि सिमसिम पानी परिरहेको छ । पानी परेपछि किसान खुशि भएका छन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण आज बिहानैदेखि कर्णाली, लुम्बिनी र गण्डकी क्षेत्रको मौसम बदली भएको छ ।
दाङ उपत्यकाको मौसम पनि आज बिहानैदेखि धुम्म छ । सामान्य वर्षा पनि भएको छ । तर खेतीका लागि भने दाङमा पर्याप्त वर्षा भएको छैन् । दाङका किसान पनि मौसममा बदली भएपछि पानी पर्ने आशामा रहेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुनेछ ।
प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार