पाल्पामा उपप्रधानमन्त्रीलाई मुख्यमन्त्रीकाे स्वागत



लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पाैडेललाई स्वागत गर्नु भएको छ ।

पाल्पाकाे बगनासकाली गाउँपालिकामा मुख्यमन्त्री आचार्यले स्वागत गर्नु भएको हाे । बगनासकालि गाउँपालिकाकाे प्रशासकीय भवन उद्घाटन, सिद्धबाबा सुरुङ्ग मार्गकाे ब्रेक थ्रु लगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा अाेलि आउने कार्यक्रम तय भएपनि स्वास्थ्यका कारण आउन नसक्नु भएको हाे ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्