आजदेखि देशभर मौसममा क्रमिक सुधार आउने



आजदेखि देशभर मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का हिमपातको सम्भावना छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि भएको वर्षा र हिमपातपछि आजदेखि क्रमिक रूपमा घाम लाग्ने मौसमविद्हरूले बताएका छन्। लामो खडेरीपछि परेको वर्षा र हिमपातले चिसो बढाए पनि किसानलाई राहत पुगेको छ।

यसैबीच हिमपातका कारण अवरुद्ध भएका मध्यपहाडी लोकमार्ग, दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालनमा आएका छन्।

हिजो जुम्ला, डोल्पा, दार्चुला, बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ, बाँके, बर्दिया, सुर्खेत र गुल्मीलगायत जिल्लामा कतै हल्का वर्षा र कतै हल्का वर्षासँगै हिमपात भएको थियो।

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस्