तुलसीपुरमा ५ दिने “आमा शिक्षा तथा विद्यार्थी सिकाइ कार्यक्रम” शुरु



तुलसीपुरमा ५ दिने “आमा शिक्षा तथा विद्यार्थी सिकाइ कार्यक्रम” शुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका दाङ र हरियाली मञ्च नेपाल दाङको संयुक्त आयोजनामा कार्यक्रम शुरु भएको हाे ।

हरियाली मञ्च नेपालका दाङका अध्यक्ष सुरेश कुमार रावतको अध्यक्षता एवं पुर्ब प्रतिनिधिसभा सदस्य सुजिता शाक्यको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका दाङका उपप्रमुख स्यानी चौधरीको बिशिस्ट आतिथ्यतामा आजदेखी तुलसीपुरमा शुरु भएको छ ।

सिकाइ, नेतृत्व र परिवर्तन, सशक्तिकरण दिगोपनको माध्यबाट सहकारीताको भावनामा विकास गर्ने, विज्ञान प्रविधि आविष्कार र प्रविधि, कृषि र पर्यावरण कला संस्कृतिप्रतिको भावनामा विकास, स्वास्थ खेलकुद र फिटनेस मीडिया सुचना र संचार लगाएतका विषयवस्तुमा ज्ञान प्रदान गर्दै विद्यार्थीहरुलाइ परिवार समाज र राष्ट् र राष्ट्रियत सवालमा सकारात्मक भावनाको विकास गर्ने उदेश्यका साथ उक्त कार्यक्रम संचालन गरिएको हो ।


हरियाली मञ्च नेपालका उपाध्यक्ष भागीराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको पहिलो दिनमा तुलसीपुुर उपमहानगपालिका भित्रका ७ वटा सामुदायिक बिद्यालयका १५० भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्