दाङ सल्यान सडकखण्ड सुचारु



Download राजमार्ग images for free

 

गएराती देखि अवरुद्ध राप्ती राजमार्ग केहिबेर अघिदेखि सुचारु भएको छ । राजमार्गको दाङ(सल्यान सडकखण्ड अन्तगर्त चोरखोला नजिकै पहिरो जाँदा अवरुद्ध भएको सडक केहिबेर अघि संचालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव निरिक्षक नन्दलाल भारतीले जानकारी दिनुभयो ।

गएराती १० बजे खसेको पहिरो सडक विभाग र निर्माण कम्पनिको जेसिबीले पन्छाएपछि आज दिउँसो १ बजेपछि सडक सुचारु भएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधन तथा यात्रुहरु पहिरो पन्छाएपछि गन्तव्यमा लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्