एमाले दङ्गिशरन वडा न.५ को वडा अधिबेशन सम्पन्न, अध्यक्षमा खिम बहादुर थापा



नेकपा एमाले दङ्गिशरन गाउँ कमिटी अन्तर्गत वडा न.५ को वडा अधिबेशन आज सम्पन्न भएको छ । अधिवेशनले खिम बहादुर थापाकाे अध्यक्षतामा १५ सदस्यीय नँया कमिटि गठन गरेको छ ।

अधिबेशनले खिम बहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ। जसकाे उपाध्यक्षमा शालिकराम खत्री , सचिवमा भुम प्रसाद देबकोटा सह – सचिवमा तिला वलि, सह – सचिवमा किरण शाह के सि रहनु भएको छ ।


यस्तै सदस्यहरुमा बिना योगि ,तेज बहादुर चौधरी ,एकराज चौधरी ,भद्र बहादुर घर्ति ,बसन्त अधिकारि, कल्पना चौधरी, धन बहादुर ओलि ,दिल कुमारि चौधरी ,प्रेमकला बि. क , दिपक राज खत्री लगाएत छन् ।
वडाको अधिबेशन कमिटीका वडा कमिटि अध्यक्ष  निरज बस्नेतको अध्यक्षता तथा केन्द्रिय कमिटी सदस्य कोमल वलिको प्रमुख अतिथिमा अधिवेशन सम्पन्न भयको हाे।

दङ्गिशरण गाउँपालिकामा यस अघि २ र ४ न.वडाकाे अधिवेशन सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्