भारतीय नम्बर प्लेटको कार श्रीगैँमा दुर्घटना



गोठीखोलाबाट तुलसीपुरतर्फ आउँदै गरेको कार श्रीगैँमा दुर्घटनामा परेको छ ।

भारतीय नम्बर प्लेटको कार तुलसीपुर-७ श्रीगैँस्थित करिब ३० मिटर तल खसेको  प्रहरीले जनाएको छ ।

चालकसहित तीन जना सवार युपी ४२ बिएफ ४३६८ नम्बरको कार आज बेलुका ७ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । दुर्घटनामा तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्