प्रगतिशिल लेखक सघकाे ३२ औ स्थापना दिवस, विभिन्न विधाका साहित्यकार पुस्कृत

साहित्यमा गुट उपगुटकाे अन्त्य हुनुपर्छ : डा. गिरी


प्रगतिशिल लेखक सघ नेपाल दाङ शाखाकाे ३२ औ स्थापना दिवस तथा १२ औ अधिवेशन सम्मान एव पुरस्कार वितरण समाराेह घाेराहिमा बुधबार सम्पन्न भएको छ । प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाकाे अध्यक्षता तथा प्रलेसका पुर्व केन्द्रीय अध्यक्ष तथा भाषा आयाेगका सदस्य डा. अमर गिरिकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

प्रमुख अतिथि डा. गिरिले साहित्यमा भएको गुट उपगुटकाे अन्त्य हुनुपर्ने बताउनुभयो । साहित्यमा राजनिती नहुनुपर्ने भन्दै साहित्य र राजनीति दुई एकअर्कामा परिपुरक भएपनि साहित्यमा राजनीति मिसाउन नहुने कुरामा जाेड दिनुभयो । राजनीतिमा आएकाे विकृतिले साहित्यमा दखल पुर्याएकाे बताउनुभयाे । उहाँले आर्थिक संरचना संगै सामाजिक संरचना पनि मिलाउन जरुरी रहेकाेले साहित्य बाट समाज रुपान्तरणमा लाग्नुपर्ने साहित्यकर्मिहरुकाे दायित्व रहेको बताउनुभयो । साहित्यले राजनीति र समाजलाई खवरदारि गर्न सक्नुपर्ने बताउनुभयो ।

बरिस्ठ अधिबक्ता बामदेव शर्माले समाज रुपान्तरण काे माध्यम साहित्य भएको बताउनुभयो । शक्ति केन्द्र , देशमा भएको उथलपुथल , अग्रगामि कदम दिने माध्यम साहित्य भएकोले अवका दिनमा प्रगतिशिल लेखक संघकाे कार्ययाेजना समाज रुपान्तरण अभियान लक्ष्य सम्म पुग्नुपर्ने बताउनुभयो ।

पुरस्कार सस्थापक तथा प्रगतिशिल लेखक संघका केन्द्रीय सल्लाहकार पद्दप्रशाद शर्मा, राप्ती साहित्य परिषदका पुर्व केन्द्रीय अध्यक्ष पुरुषाेतम खनाल, लेखक संघ दाङका अध्यक्ष खगराज न्याेपाने, पुरस्कार समिति सयाेजक केशव थापा, राप्ती परिषद दाङका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा लगाएतले बाेल्नु भएको थियाे ।

साे अवसरमा पुरन शर्मा कविता , दिप्तिशिखा चाैधरी कविता, देव कुमारी खत्रीले गित प्रश्तुत गर्नु भएको थियाे ।

यसैगरी प्रलेस दाङले बिभिन्न बिधाका आठ जना साहित्यकालाई पुरस्कृत गरेको छ । प्रगतिशिल साहित्य पुरस्कार राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा. टिकाराम उदासी , देवि पाेख्रेल र अम्विका पाेख्रेलले स्थापना गर्नु भएको सुदय केशव तिलाेत्तमा साहित्य पुरस्कार पुरुषाेत्तम खनाल, श्रिमति शान्तादेवि अधिकारीले स्थापना गर्नु भएको अनन्त टीका प्रतिभा पुरस्कार साहित्यकार शालिकराम रजाैरेलाइ प्रदान गरिएको थियाे । कृष्ण गायत्रा
साहित्य पुरस्कार डा.लाेकराज पराजुली , चिन्तामणि जमुना साहित्य पुरस्कार छविलाल काेपिला, लिलामणि बसन्ता श्रृृष्टा सम्मान साहित्यकार सितादेवि सापकाेटा, गाेविन्द चिस सर्जक पुरस्कार गाेविन्द खड्का र भक्तिराम ज्ञवालीले आफनाे भाइकाे नाममा स्थापना गर्नु भएको गाेविन्द ज्ञवाली साहित्य पुरस्कार दिप्तिशिखा चाैधरीलाइ प्रदान गरिएको थियाे ।

साे अवसरका सरद अधिकारीले विभिन्न बिधामा पुरस्कृत हुने साहित्यकारहरका बारेमा जानकारी गराउनुभएकाे थियाे । कार्यक्रमकाे शहजिकरण डिल्ली बस्नेत संगितले गर्नु भएको थियाे ।

यसैबिच, प्रलेस दाङकाे १२ औ अधिवेशन बाट चन्द्र बहादुर थापाकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसकाे उपाध्यक्षमा रेशम विसि, सचिव पुरन शर्मा, सह – सचिवमा शुसिला आचार्य, काेषाध्यक्षमा दामाेदर आचार्य रहनु भएको छ ।

यस्तै सदस्यहरुमा धुर्वराज अधिकारी , रंजिता अधिकारी , केशव शर्मा घिमिरे , गाेविन्द खड्का, सुर्य विसि, दिप्तिशिखा चाैधरी रहनु भएको छ ।

 

 

 

प्रकाशित मिति : २०८१ पुष ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्