पालिकाको सिलिङ बढ्यो, वडाको घटाइयो

दंगीशरण गाउँपालिका


budget - bajet - Janakhabar

एकराज भण्डारी

बजेट कार्यान्वयन गर्ने समय भइसक्दा पनि दंगीशरण गाउँपालिकाका वडामा अहिलेसम्म बजेट पुगेको छैन । गाउँपालिकाले वडाहरुले पाइरहेकै बजेट कटौती गरेपछि दंगीशरणमा बजेट कार्यान्वयन अलपत्र परेको छ ।

दंगीशरण गाउँपालिकाका २, ४, ५ र ७ नं। वडाले पालिकाले पठाएको सिलिङ अस्वीकार गरेका हुन् । विगतका वर्षहरुको तुलनामा बजेटको सिलिङ झनै घटेर आएकोले तत्काल संशोधन नभए, यो सिलिङअनुसारको बजेट स्वीकार गर्न नसकिने ती वडाहरुले बताएका छन् । पालिका संघीयताको मर्मअनुसार अघि बढ्न नसकेको, वडामा पुग्नुपर्ने बजेट कटौती गरेर पालिका शक्तिकेन्द्र बन्न खोजेको, आवश्यकताभन्दा पनि राजनीतिक आस्थाका आधारमा बजेट विनियोजन गरेको ती चारवटा वडाका जनप्रतिनिधिहरुले गाउँपालिकाको नेतृत्वमाथि आरोप लगाएका छन् ।

गत वर्ष दंगीशरण गाउँपालिकाका सातवटै वडाले ८५ लाखका दरले बजेट पाएका थिए । आ।व। २०७९÷०८० मा पालिकाले वडामा जम्मा ६५ लाख बजेटको सिलिङ पठाएको छ । त्यसैले घटेको बजेट स्वीकार गर्न नसकिने दंगीशरण गाउँपालिका वडा नं। २ का अध्यक्ष डम्बर खत्रीले बताउनुभयो । ‘कुल बजेट गत वर्षको तुलनामा झण्डै सवा करोड बढेको छ तर वडामा गत वर्षभन्दा २० लाख घटाएर सिलिङ पठाइएको छ । त्यसैले यो बजेट स्वीकार्न सकिन्न’– खत्रीले भन्नुभयो– ‘गाउँपालिकाको नेतृत्वले बजेटमा राजनीति ग¥यो । शक्ति प्रदर्शन गर्न खोजियो ।’

२ नं। वडाध्यक्ष खत्रीले नेतृत्वले फरक विचार राख्नेहरुले नेतृत्व गरेको वडामा बजेट थोरै पठाउने काम भएको बताउनुभयो । दंगीशरणमा पालिका प्रमुख, उपप्रमुख र तीनवटा वडामा कांग्रेसको नेतृत्व छ भने चार वटा वडामा एमालेले नेतृत्व गरेको छ । त्यसकारण कांग्रेसले जितेका वडामा बजेट बढी पठाउने नियतले वडाको बजेट कटौती गरी पालिकामा थुपारेको उहाँको आरोप छ । अहिले कांग्रेसले नेतृत्व गरेका वडाले बजेट सिलिङ स्वीकारेका छन् भने एमालेले नेतृत्व गरेका वडाले सिलिङ बहिस्कार गरेका छन् । तर गाउँपालिका नेतृत्वले पालिकामा एउटा गौरवको योजना निर्माण गर्न वडाको बजेट काटेको दाबी गरेको छ । यद्यपि गाउँपालिकाले कुनै गौरवको योजना भन्दा पनि कटौती गरिएको रकमलाई फेरि सातवटै वडाका टुक्रे योजनामा हालेको छ । सिलिङ बहिस्कार गरेका वडाध्यक्षहरुले दिएको जानकारी अनुसार कटौती गरिएको रकमलाई कांग्रेसले नेतृत्व गरेका वडामा बढी र एमालेले नेतृत्व गरेको वडामा झण्डै आधाजस्तो रकम पठाइएको छ ।

गाउँपालिकाले गौरवको योजना निर्माण गर्ने भनेर वडाबाट कटौती गरेको बजेटलाई टुक्रे योजनामा पठाएको छ । स्रोतकाअनुसार कांग्रेसले नेतृत्व गरेका वडा नं। १, ३ र ६ मा धेरै बजेट पठाइएको छ भने एमालेले नेतृत्व गरेका वडा नं। २, ४, ५ र ७ मा झण्डै आधाजसो रकम दिइएको छ । स्रोतका अनुसार नियमित पठाइएको ६५ लाख बाहेक वडा नं। १ मा थप ४० लाख ५० हजार, २ मा २९ लाख, ३ मा ४१ लाख ५० हजार, ४ मा २४ लाख ५० हजार, ५ मा २५ लाख, ६ मा ४४ लाख र ७ मा २३ लाख २५ हजार बजेट पठाइएको छ । पालिकामार्फत पठाइएका योजनाअनुसारको बजेट हेर्दा कांग्रेसले जितेको वडामा ४० लाख ५० हजारदेखि ४४ लाखसम्म पठाइएको छ भने एमालेले जितेका वडामा २३ लाख २५ हजारदेखि २९ लाखसम्म मात्र पठाइएको छ ।

जबकि वडाहरुले आर्थिक वर्ष २०७८÷७९ मा ८५ लाखको दरले बजेट पाउँदा गाउँपालिकाको कुल बजेट ४७ करोड ७५ लाख ४ हजार ७ सय १७ थियो भने चालु आर्थिक वर्ष २०७९÷८० मा वडाले ६५ लाखमात्रै पाउँदा पालिकाको कुल बजेट झन बढेर ४८ करोड ९३ लाख नौ हजार तीन सय पुगेको छ ।

कुल बजेट बढेर आउँदा पनि वडाहरुलाई बजेट घटाउनु संघीयता विपरीतको काम भएको वडाध्यक्षहरुले बताएका छन् । योजनाबिनै बजेट कटौती गरेर पालिका शक्तिकेन्द्र बन्न खोजेको दंगीशरण गाउँपालिका वडा नं। ७ का अध्यक्ष रेशम ओलीले बताउनुभयो । ‘गौरवको काम के गर्ने भन्ने योजनासहित भएको भए हामीले पनि समर्थन गर्ने थियौं’– वडाध्यक्ष ओलीले भन्नुभयो– ‘कुनै योजना छैन । योजनाबिना के का आधारमा रकम पालिकामा सञ्चित गरियो रु योजनाबिनै वडाले विगतमा पाएको बजेट रकम कटौती गर्नुको उद्देश्य के रु यसको उपयुक्त जवाफ चाहिन्छ ।’ अध्यक्ष ओलीले भन्नुभयो– ‘संघीयताको मर्म शक्ति विकेन्द्रिकरण होस् भन्ने हो । बजेट बढेर आउँदा पनि विगतमा स्थानीयस्तरमा पुगेको रकमको दायरा कटौती गरेर पालिका शक्तिकेन्द्र बन्न खोज्यो । स्थानीयस्तरमा पुग्नुपर्ने रकम भोलि प्रदेशले रकम सञ्चित गर्ने, संघीय सरकारले सञ्चित गर्ने प्रवृत्ति बढ्न थाल्यो भने संघीयताको अर्थ के रु’

विगतको तुलनामा महंगी बढेको र चालु आर्थिक वर्षमा बजेट रकम पनि बढेका कारण वडाको बजेट एक करोडको आसपासमा हुनुपर्ने नत्र बजेट स्वीकार्न नसकिने वडाध्यक्षहरुले बताएका छन तर पालिकाको गौरवको योजनाकै लागि वडाको बजेट कटौती गरिएको गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले बताउनुभयो । ‘बितेको पाँच वर्षमा दंगीशरणमा ठूलो योजना बन्न सकेन । सानातिना कामले खासै अर्थ राखेर देखिने गरी काम नहुँदा जनतामा राम्रो सन्देश गएन’– अध्यक्ष गिरीले भन्नुभयो– ‘पाँच वर्षे कार्यकालमा सात वटै वडामा कम्तिमा एउटा गौरवको योजना निर्माण गर्ने तयारी गरेका हांै ।’ उहाँले वडामामार्फत गर्दा योजना टुक्रिने समस्या भएकाले पालिकामार्फत ठूला योजना निर्माण गर्न रकम कटौती गरिएको दाबी गर्नुभयो । ‘पैसा पुग्ने त ती वडाहरुमै हो । वडामार्फत दिदा सबै वडालाई समानरुपले दिनुपर्ने हुन्छ । जसले कुनै ठूलो योजना सम्पन्न हुन सक्दैन । त्यसकारण पालिकामार्फत एकमुष्ट बजेट लगाएर क्रमागतरुपले हरेक वडामा कम्तिमा एक–एकवटा गौरवको योजना सम्पन्न गर्ने सोचमा थियौं’– गिरीले भन्नुभयो– ‘हाल त्यो कुराको विरोध भएपछि गौरवको योजनाका लागि भनेर छुट्याइएको रकम पालिकाका योजनामार्फत वडामै पठाएका छौं ।’ गौरवको योजना सम्पन्न गर्ने भनेर बजेट त छुट्याइयो तर गौरवको योजना के रु भन्ने विषयमा पालिका अझै अन्योलमा छ ।

साभार ः नया युगबोध दैनीक

प्रकाशित मिति : २०७९ भाद्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्