निसानदाजु भट्टराई
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरि सेवा सुरु हुने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले न्युरो सर्जरि विशेषज्ञ डा. उपमा शर्मा नियुक्त भइसकेको जानकारी दिनुभयाे ।
उहाले शर्मा केही दिनपछि प्रतिष्ठानमा आई सेवा सुरु गर्ने बताउनुभयाे । त्यस्तै उहाले यसै आर्थिक बर्षदेखि कार्डियोलोजी सेवा सुरु हुने बताउनुभयाे ।
प्रतिष्ठानमा मुटु रोगको उपचारको लागि करिब १० करोडको क्याथेल्याब मेसिन टेण्डरमा गइ सकेको रजिस्ट्रार लम्सालले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार