दंगीशरण गा.पा.-२ सरुवाडाँडा, दाङमा महिला नेतृत्व तथा क्षमता विकास ३ दिने तालिम आज सम्पन्न भएको छ ।
वडाकाे वडा महिला सदस्य श्री लुमा चाैधरीकाे अध्यक्षता एवम् दंगीशरण गाउँपालिका उपाध्यक्ष श्री पिमा कुमारी खड्काकाे प्रमुख आतिथ्यता तथा दंगीशरण गाउँपालिका २ नं.वडाकाे वडा अध्यक्ष श्री डम्बर खत्री र ग्रिन फाउन्डेसन दाङका अध्यक्ष श्री विष्णु बहादुर के.सीकाे विशिष्ट आतिथ्यतामा उक्त तालिम सम्पन्न भएको हाे ।
समापन कार्यक्रममा बाेल्ने बक्ताहरुले तालिममा सिकेको कुरालाई ब्यवहारमा कार्यान्वयन गर्नुपर्ने कुरामा जाेड दिएका थिए । ब्यवहारिक तालिमले महिलाहरुकाे क्षमता बृद्दि भएको विश्वास ब्यक्त गरेका थिए ।
साेहि अवसरमा विभिन्न क्षेत्रबाट महिलाको प्रतिनिधित्व गर्दै महिला सशक्तीकरणमा थप याेगदान पुर्याउने वडाका महिलाहरुलाई सम्मान गरिएको थियोे ।
गाउँपालिकामा दुई कार्यकाल उपाध्यक्ष रहि काम गरेकी पिमा कुमारी खड्का त्यसैगरी यशाेद्वा शर्मा, गिता कुमारी पाैडेल, डम्मर कुमारी डाँगी, विष्णु गाैतम, सीता बस्नेत, रेखा वि.क, लक्ष्मी नेपाली, पवित्रा के.सी, लक्ष्मी घर्ती, पवित्रा चाैधरी, गाेर्खी पुन, पार्वता रावत, भुमि डाँगी, विमला कुसारी, पार्वता खड्का, निम कुमारी चाैधरी, विमला रावत, पर्दशनी चाैधरी, केशमाली चाैधरी, चमेली चाैधरी, माेतिकला वि.क, गुप्ता वली, काैलसरी चाैधरी गरि २४ जना महिलालाई वडा कार्यालयले सम्मान गरेको हाे ।
तालिममा वडाका विभिन्न टाेलबाट ३५ जना महिलाकाे सहभागीता रहेको थियाे । तालिममा सहभागी हुने महिलालाई प्रमाणपत्र वितरण गरिएको थियोे ।
प्रशिक्षार्थि पुष्पलता नेपालीकाे स्वागत मन्तव्यबाट सुरु भएको समापन कार्यक्रमकाे सहजीकरण ग्रिन फाउन्डेसन दाङका सदस्य सि.एम विश्वकर्माले गर्नुभएको थियोे ।
ग्रिन फाउन्डेसन दाङकाे समन्वय र दंगीशरण गाउँपालिका २ नं.वडा कार्यालय काैवाघारी, दाङकाे आयोजनामा तालिम सम्पन्न भएको थियाे ।