तीज, आज  दर खाने दिन 



 

नेपाली हिन्दु महिलाले सोमबार तीज पर्वअन्तर्गत दर खाने दिनका रुपमा मनाउँदै छन्। हरितालिका तीजको अघिल्लो दिन दर खाइने परम्परा छ।

यस दिन महिलाले दूध, दही, घिउ, खिर, गुँद, हलुवा, मिठाइ, सेलरोटी लगायतका परिकार खाने गर्छन्। दर खाएको भोलिपल्ट महिलाले पतिको दीर्घायु वा सुयोग्य पतिको कामना गर्दै निराहार व्रत बस्ने परम्परा रहेको छ।

पहिले एक दिनमात्र दर खाने चलन भए पनि अहिले  विभिन्न ठाउँमा तीज अघिदेखि नै दर खाने प्रचलन बढेको छ। परम्परागत रूपमा पहाडी समुदायमा मनाइने यो पर्व आजभोलि अन्य समुदायका महिलामाझ पनि लोकप्रिय बन्दै गएको छ।

 

प्रकाशित मिति : २०८२ भाद्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्