मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा दङ्गिशरणका दुई जना घाइते



दाङमा मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा दुई जना घाइते भएका छन् । बालापुर देखि पश्चिम तर्फ जाँदै गरेको रा ४ प ७९८१ नम्बरको मोटरसाइकल हिजो राति ९ बजेतिर दंगिशरण–५ संघारी चोकमा आफै अनियन्त्रीत भई पल्टिदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मोटरसाइकल चालक दंगिशरण –५ सलौराका ४१ वर्षका प्रेम प्रकाश बिक र पछाडि सवार सोही ठाँउका ४४ वर्षका लोक बहादुर बिक रहेका छन् ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि लोक शहादुरलाई थप उपचारका लागि लखनउ रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

मोटरसाइकल चालकलाइ सामान्य चोट लागेको र पछाडी सवार लोक बहादुरको अबस्था गम्भिर रहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

मोटरसाइकल चालकलाई नियन्त्रण लिई घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्