संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा गौतम



May be an image of 10 people, people smiling, people studying and text that says 'संसदीय wie अकार समाज'

संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ।

समाजको शनिबार लुम्बिनीमा भएको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले गौतमको अध्यक्षतामा ३ सदस्य पछि मनोनित गर्ने गरि १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

समाजको उपाध्यक्षमा केपी घिमिरे, महासचिवमा नारायण खड्का, सचिव दिपक घिमिरे, कोषाध्यक्षमा दशरथ घिमिरे, समावेशी सचिव राधा बस्नेत रिया रहेका छन् । त्यसै गरि सदस्यहरूमा अर्जुन कुमार अधिकारी, किरण जिसी, अमरराज भण्डारी, छवि पुरी, यमकला भुसाल, टोपराज शर्मा निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस्