तुलसीपुर कुखुरा ब्यबसायी समिति तुलसीपुरको पाँचौ साधारणसभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ ।
बबई गाउँपालिकाको पुरन्धारा छहरामा सम्पन्न अधिबेशनले दुर्गा बस्नेत को अध्यक्षता मा ७ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा किरण आचार्य, सचिवमा दीपक कुमार बस्नेत,
कोषाध्यक्षमा बिरज डाङ्गी र सदस्यहरुमा झुपलाल वली खुमलाल बिश्वकर्मा र दोमकान्त बस्याल रहेका छन् । यस्तै सल्लाहकारहरुमा ढाकाबिर खत्री आचार्य , नबराज भुषाल , ताराप्रसाद पौडेल , बसन्त खडका र होम बहादुर बस्नेत रहेका छन् ।
तुलसीपुर कुखुरा ब्यबसायी समितिका अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षता तथा तारा प्रसाद पौडेल को प्रमुख आतिथ्य्तामा भयको कार्यक्रममा बाेल्ने बक्ताहरुले ब्यबसायीक हकहितका लागि पोल्ट्री उत्पादन तथा बिक्रीवितरणमा परेका समस्या समाधानका लागि एक हुनुपर्ने बताएका थिए । तुलसिपुर क्षेत्र मा दुईवटा कुखुरा ब्यबसायि समिति भएको हुदा समस्या सृजना भएकोले दुईवटा समिति एकीकरण गरेर तुलसीपुरदेखी पश्चिम शान्तीनगर ,दंङ्गीशरण , बबई सल्यान कालिमाटी रामपुर समेत समेटेर एउटा एकताबद्ध कुखुरा ब्यबसायि समिति गठन गरिनुपर्ने बताएका थिए ।
कार्यक्रममा कुमार डाङ्गी, बैकुण्ठ अधिकारी , झग बहादुर बस्नेत , नवीन लामिछाने ,झुपलाल वली, डिल्ली बहादुर वली, बेदु बस्नेत , अनिल खडका , उदय के सी, हिमाल के सी , धनबिर के सी ,लक्षुराम चौधरी , सन्ताेष के सी , प्रकाश पौडेल , माधब के सी, खुमानन्द वली लगाएतले आ – आफ्नाे भनाइ राखेका थिए ।
समितिका कार्यालय प्रमुख ईश्वरी प्रसाद गैरेैकाे स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रम को सहजिकरण समितिका सचिव दीपक कुमार बस्नेतले गर्नु भएको थियो ।