बंगलाचुलीमा लुकाईएको अवस्थामा एक पुरुषको शव फेला

हत्या आरोपमा दुई जना नियन्त्रणमा


काठमाडौंको गैह्रीगाउँमा ४ जनाको ...

दाङको बंगलाचुली गाउँपालिकामा एक पुरुषको हत्या भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघरा निवासी शिवराज केसीको हत्या भएको हो ।

केसीलाई हत्या गरी बंगलाचुली गाउँपालिका वडा नम्बर ४ को गदारी र फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र शव लुकाइएको अवस्थामा फेला पारेको स्थानीय अगुवा विक्रम डाँगीले जानकारी दिनुभयो ।

मृतक केसी घोराही स्थित अघरा टोल विकास संस्थाका अध्यक्ष समेत हुनुहुन्थ्यो । मृतक शिवराज केसी यहि पुष ८ गते घरदेखि बंगलाचुली जान्छु भनि हिडेको र सोहि दिन नै हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

यसैविच हत्या आरोपमा दुईजनालाई नियन्त्रणमा लिईएको छ । केसीको हत्या आरोपमा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी निवासी वर्ष ४३ का शेर बहादुर कवर र उनकि श्रीमती दिपा कवरलाइ भारतको नयाँ दिल्ली बाट नियन्त्रणमा लिईएको छ ।

उनिहरुलाई भारतिय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाइ बुझाइसकेको बताइएको छ ।मृतक केसीलाई हत्या गरि कोइला खानीको करिव ५० मिटर सुरुङ भित्र लुकाएको भन्ने हत्या आरोपितको बयानको आधार खोजतलास गर्दा सोहि स्थानमा शव फेला पारिएको हो ।

मृतक केसीको शवलाई जिल्ला प्रहरी कार्यालय दाङबाट आएको प्रहरी टोली, स्थानियबासी र जनप्रतिनिधिको टोलिले मुचुल्का तयार पारी राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पोष्टमाटमको लागि लगेको प्रहरीले बताएको छ । र घट्नाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्