
भानु माध्यमिक बिधालय प्रसडुवाले एक शिक्षकलाइ बिदाई गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी सोहि बिधालायमा अध्यापन गराउदै आउनुभएका शिक्षक तेज बहादुर डांगीलाई बिदाइ गरेको हो । शिक्षकको अध्यापन गराउन पाउने उमेर ६० बर्षसम्म रहने प्राबधान अनुरुप उमेर हदबन्धिका कारण बिधालयले शिक्षक डाङ्गीको बिदाइ गरेको जनाएको छ । शिक्षक डांगीलाई वडा अध्यक्ष शाहले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
बिधालय ब्यबस्थापन समितीका अध्यक्ष तथा सामाजिक विकाश समितीका सयोजक रोशन जङ्ग शाहको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता एंव गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षक डाङ्गीले बिधालया गरेको योगदानको कदर गर्दै आगामी दिनको सफलताको शुभकामना ब्यक्त गरेको थिए ।
प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार

