वातावरण संरक्षण आजको मुल मुद्दा हो ःमेयर खड्का



May be an image of 1 person, dais and text

प्रमुख अतिथि नगरप्रमुख टिकाराम खड्काले वातावरण संरक्षण आजको मुल मुद्दा भएको बताउनुभएको छ । वातावरण संरक्षणमा सबैको आ आफनो दायीत्व रहेको उहाँले बताउँनुभयो । प्लाष्टिकजन्य प्रदुषको निर्मुल गरौः वातावरणमैत्री विकल्पको खोजि गरौ भन्ने नाराका साथमा मनाइएको ५० औ विश्व वातावरण दिवसको अवसरमा विद्यार्थीहरुले गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले यस्तो बताउँनुभएको हो ।

‘हाम्रै कारणले वातावरणलाई असर परिरहेको छ अनि हाम्रै जीवन विग्रिरहेको छ ’ उहाले भन्नुभयो। प्रमुख अतिथि खड्काले वातावरण जोगाउने दायित्व सबैको भएको भन्दै वातावरण विनाश नै मानव विनाश भएको कुरामा जोड दिनुभयो ।

May be an image of 2 people, dais and text

यस्तै कार्यक्रममा विशिष्ट अतिथि स्यानी चौधरीले वातावरण मानव जीवनको आधार भएको भन्दै यसलाई संरक्षण गर्नु सबैको दायित्व भएको कुरा बताउनुभएको थियो । उहाँले स्थानीय सरकार वातावरण संरक्षणको मुद्दामा चिन्तित रहेको कुरामा जोड दिनुभयो ।

May be an image of 6 people, people studying, hospital and text

ग्रिन फाउन्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले विकसित देशहरुले वातावरण विनाश गरेर विश्वलाई नै प्रदुषित वनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । वातावरण विनाश रोक्ने मुख्य कारण वृक्षारोपण भएको भन्दै पाण्डेले खाली ठाउँहरुमा विरुवा लगाउनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा पारिवारीक तथा निजी वन संघ नेपालका उपाध्यक्ष मेघराज भुषाल, डिभिजन वन कार्यालयका जनक वली, वन विज्ञान प्रशिक्षक सचिन सुवेदी लगायतले बोल्नुभएको थियो ।

May be an image of 2 people, people smiling and text

दिवसका अवसरमा तुलसीपुर बहुप्राविधिक शिक्षालयमा वन र कृषि विज्ञान अध्ययनरत विद्यार्थीहरुले प्लाष्टिक प्रयोगको असरका बारेमा विभिन्न सन्देशहरु लेखीएका प्लेकार्डहरु बोकेर वजार परीक्रमा गरेका थिए ।

May be an image of 3 people, people smiling, people studying, hospital and text that says 'SAVE THE EARTH SAVE YOUR SELVES'

प्रशासन सहायक सुधासुमन ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक घनश्याम केसीले गर्नुभएको थियो । शिक्षालय प्रमुख वसन्त आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्