तुलसीपुरमा शान्ति नमुना महिला संसद संचालन गरीने



No description available.

शान्ती महिला संसद संचालनका लागि तुलसीपुरमा छलफल तथा अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा तुलसीपुरमा शान्ति नमुना महिला संसद संचालन गर्ने बिषयमा छलफल भएको हो । २०६३ सालमा गठन भएको शान्ति नमुना महिला संसद लाई चलाएमान बनाउँन कार्यक्रम गरीने भएको छ । नवजागरण महिला तथा वाल संरक्षण केन्द्र न्युसीपीसी र जनप्रतिनिधि महिला र सरोकारवालाको सहभागितामा शान्ति नमुना महिला संसद संचालन गर्न लागेको हो ।

No description available.

सामाजिक तथा घरेलु हिंसा न्युनीकरण गर्नमा सहयोग पर्याउँने, महिला सहभागिता बढाउँदै सक्षम नेतृत्व तयार गर्ने, लक्षीत वर्गहरुको सवालमा सरकार समक्ष योजना निर्माणमा सम्बोधन गर्न सहजीकरण गर्ने, विविधखाले द्धन्द्धको ब्यवस्थापन गरी दिगो शान्ति स्थापना संगै दिगो विकास लक्ष प्राप्तीकालागि सहयोगी बन्ने उद्धेश्यले शान्ति नमुना महिला संसद संचालनको तयारी अघि बढाएको नवजागरण महिला तथा वाल संरक्षण केन्द्र न्युसीपीसीका अध्यक्ष नवराज लामीछानेले जानकारी दिनुभयो ।

उहाँले संस्थाले १५ वर्ष अघि २०६५ सालमा पनि सोहि कार्यक्रम संचालन गरेपछि धेरै महिला नेतृत्व तहमा आउन सफल भएका थिए । करिब ७२ जनाको सहभागीतामा संसद संचालन गरिनेछ । तुलसीपुर उपहानगरपालिकाका १९ वटै वडाका ३८ जना महिला जनप्रतिनिधि, विज्ञताका आधारमा २० जना छनौट गरिने र १४ जना पर्यवेक्षक, मर्यादापालक, विज्ञ लगायतकाको सहभागीता हुनेछ ।

सभामुख सहित ५८ जनाले संसद संचालन गर्ने उहाँले बताउनुभयो । १५ वर्ष अघि गठन भएको शान्ति नमुना महिला संसदको विघटन गरी नयाँ आरम्भ गर्ने तयारीका लागि आइतबार तुलसीपुरमा पहिलो बैठक बसेको अध्यक्ष लामिछानेले बताउनुभयो । संसद तीन महिनासम्म संचालन गरिने छ ।

No description available.

तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले संविधानले महिलालाई कोटाको व्यवस्था गरेकाले मात्रै महिला नेतृत्व तहमा पुग्ने गरेपनि अब महिला आफै पनि प्रतिष्पर्धा गर्न सक्षम भएको बताउनुभयो । उहाँले अब तुलसीपुरमा संचालन हुन लागको शान्ति नमुना महिला संसदले महिलालाई नेतृत्व तहमा पुगेर नीति निर्माण बनाउने देखि कार्यान्वयनसम्ममा सफलता गराउने बताउनुभयो । उहाँले कार्यक्रम तीन महिने भएकाले फाल्गुनको तेस्रो हप्ता भेला गर्ने बताउँनुभयो ।

 

सो अवसरमा महिला बालबालीका शाखा प्रमुख माया श्रेष्ठले महिलाहरुको जनसंख्या धेरै भएपनि राज्यको आँखामा पर्न नसकेको बताउँनुभयो । अझै पनि ३० प्रतीशत महिलाहरु साक्षर हुन बाट बञ्चित भएको भन्दै सामाजीक दृष्टिले हरेक तहमा पुरुषमैत्री भएको बताउँनुभयो । उँहाले महिलाहरुको सहभागिता अर्थपुर्ण गराउँनका लागि महिलाहरुलाई अग्रसर गराउँन शान्ती महिला नमुना सांसद गठन गर्नुपर्ने जरुरी रहेको बताउँनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले भोतीक निर्माणमा मात्र नभई आर्थीक पाटोमा, शसक्रिकरण, नेतृत्व विकासमा, सामाजीक क्षेत्रमा फस्टाउन योजना बनाउँने प्रतीबद्धता ब्यक्त गर्नुभयो । उहाँले समाज रुपान्तरणका लागि शिक्षा क्षेत्रमा कार्यक्रम गरेर अगाडि बढ्ने बताउँनुभयो । अवका बर्षहरुमा बजेटलाई सहि रुपमा सदुपयोग गरि काम गर्ने बताउँनुभयो ।

No description available.

कार्यक्रममा महिला अधिकारकर्मी शुष्मा गिरी, बबई गाउँपालिकाका निवर्तमान उपाध्यक्ष शावित्रा विश्वकर्मा लगायतले महिलालाई नेतृत्व तहमा आउन शान्ति नमुना महिला संसदको अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । न्यूसीपीसीका उपाध्यक्ष बिजय केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव नानीमैया केसीले गर्नुभएको थियो । नवजागरण महिला तथा वाल संरक्षण केन्द्र न्युसीपीसीको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका महिला बालबालीका तथा सामाजीक विकास महाशाखाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्