गुन्डागर्दी गर्नेलाई संरक्षण गर्न हुदैन ःडिआईजी राई



लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईले गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । भरखरै सरुवा भएर प्रमुखका रुपमा तुलसीपुर आएका डिआईजी राईले गुन्डागर्दी गर्नेलाई कसैले पनि संरक्षण गर्न नहुने बताएका छन् । साथै उनले कुनै पनि आवरणमा अपराधीलाई उन्मुक्ति दिन नहुने बताए ।

अपराध नियन्त्रण गर्ने प्रमुख निकाय प्रहरी प्रशासन भएपनि त्यसका लागि सबैको सकारात्मक भूमिका हुनुपर्ने उनले बताए । समयमै प्राप्त हुने सुचना र जानकारीले अपराध नियन्त्रणमा ठूलो भूमिका खेल्ने बताएका उनले प्रहरीलाई सुचना दिएर सघाउन आग्रह गरे ।

त्यस्तै राईले लुम्बिनी प्रदेशका १२ वटै जिल्ला
मा निःशुल्क निवेदन लेख्ने प्रहरी अधिकारीको व्यवस्था गरिने बताएका छन् । साथै उनले पत्रकार भेटघाट कार्यक्रममा रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष हेमराज धितालको घटनाबारे अनुसन्धान गरि कानुनी कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

आफूहरुको कार्यकाल ३० वर्षको भएपनि घटनामा संलग्न रहेका अपराधीलाई ३६ वर्षपछि पनि कानुनी दायरामा ल्याएको इतिहास रहेको बताउदै घटनामा संलग्न अपराधी उम्किन नसक्ने बताए ।

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस्