नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले देश बदल्ने भाषण गर्न सजिलो भएपनि परिवर्तनका लागी पहिले आफु बदलिनु पर्ने उहाँको भनाई छ । दुनिया बदल्छु भन्नेहरुले नै आफुलाई बदल्न नसक्दा समस्या भएको भन्दै उहाँले आफुलाई नबदलेर दुनिया, समाज बदल्न नसकिने बताउनुभयो ।
एमाले तुलसीपुर नगर कमिटिको आयोजना तथा एमाले पार्टी स्कुल विभाग दाङको सहजीकरणमा आज देखी तुलसीपुरमा सुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमको उत्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरेक मान्छे सक्षम ,याेग्यतावान,नैतिकवान,चरित्रवान हुनुपर्ने बताउनुभयाे ।
कार्यक्रमको प्रमुख अथिति समेत रहनुभएका उपाध्यक्ष ज्ञवालीले एक फरक प्रसंगमा समृद्ध नेपाल सुखि नेपाली एमालेकाे अभियान भएकोले बहुमतकाे सरकार बनाउन आवश्यक रहेकोले गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेकाे बताउनुभयाे । वर्तमान गठबन्दन सरकार २०८४ साल सम्म नै टिक्ने बताउनुभएको छ ।
अहिलेको सरकारले नै ८४ सालको चुनाव गराउने भन्दै ८४ मा एमालेले बहुमत ल्याएर एकलौटी सरकार निर्माण गर्ने गरी अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।
यसअघिको काग्रेस सम्मेलित पाँच दलिय गठबन्दनको सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेपछी पार्टी नेतृत्वले सरकार परिवर्तनको प्रयास गर्दै आएकोमा अहिले सफल भएको उहाँले बताउनुभयो ।
सो अवसरमा बोल्दै पार्टी केन्द्रिय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले मिसन ८४ लाई सफल बनाउन पार्टी भित्रको खराबीलाई सुधार्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले दाङ जिल्ला इन्चार्ज चेत नारायण आचार्यले पार्टीको बैचारिक कामलाई ब्यवस्थापन गरेर लैजाने बताउनुभयाे । दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेतले कार्यकर्तामा उत्साह थप्नेगरि, पार्टी लाई बलियो बनाउने, उत्साह थप्नेगरि प्रशिक्षण दिनुपर्ने बताउनुभयाे ।
कार्यक्रममा एमाले केन्द्रिय उपमहासचिव प्रलिप ज्ञवालीले प्रशिक्षण दिनुभएको थियो । उहाँले दर्शनशास्त्र र माक्र्सवादका बारेमा जानकारी गराउनु भएको थियो ।
तुलसीपुर नगर अध्यक्ष माधब वलीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
भोली चैत १ गते सम्म प्रशिक्षण कार्यक्रम चल्नेछ । युवा कराराको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रम काे सहजीकरण एमाले तुलसीपुर नगर कमिटीका सचिव रुप बहादुर खत्रीले गर्नुभएको थियो ।
स्थानीय तहमा रहेका पार्टीका सदस्य, वडा कमिटीका पदाधिकारी, पालिका कमिटीका पदाधिकारी र सदस्यलाई प्रशिक्षण दिनका लागि नेकपा एमाले दाङले दश स्थानीय तहमा प्रशिक्षण कार्यक्रम राखीएको हो । स्थानीय कमिटीको ब्यबस्थापन र स्कुल बिभागको सहकार्यमा प्रशिक्षण कार्यक्रम राखीएको छ ।