हिमाल महरा
दाङको घोराहीबाट सञ्चालनमा आइरहेको सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित सिस्ने अनलाइनको छैटौं वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको छ । अनलाइनको आयोजना तथा ग्लोबल ओरियन्स नेपालको समन्वयमा मंगलबार बिहान मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको हो ।
अनलाइनका प्रवन्ध सम्पादक जंग रेउलेको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार तथा घोराही बनाउन अभियानका संयोजक सविन प्रियासनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा प्रमुख अतिथि प्रियासनले पत्रकारिता क्षेत्रमा सिस्ने अनलाइनले खेलेको भूमिका महत्त्वपूर्ण भएको बताउनुभयाे । उहाले यो अनलाइन दाङ जिल्लामै स्थापित डिजिटल अनलाइन पत्रिका भएको र जिल्ला फरक पत्रकारितामा आफूलाई स्थापित गर्न सफल भएको भन्दै यसलाई आगामी दिनमा लुम्बिनी प्रदेशकै उत्कृष्ट अनलाइन बनाउनुपर्ने जोड दिनुभयाे। उहाँले पछिल्लो समय छिटो छरिताे सुचना प्रााप्त गर्नका लागि अनलाइन आवश्यक रहेको बताउनुभयाे ।
सूचना प्रविधिको विकाससँगै अनलाइन पत्रकारितामा भएका अवसर र चुनौती दुबैलाई मध्यनजर गर्दै आम नागरिकको मुद्दालाई उठाउनुपर्ने र पछिल्लो चरणमा पत्रकारिता क्षेत्रमा केही समस्या देखिएको र त्यस्ता समस्याहरु आउन नदिन पत्रकारिता पेशालाई थप मर्यादित, व्यवस्थित र विश्वनीयता बनाउनुपर्ने उहाको भनाइ छ ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शीतलले सिस्ने अनलाइनले दाङमा व्ययसायिक पत्रकारिता गर्दै आइरहेको बताउनुभयाे। उहाले अबको प्रभावकारी मिडिया डिजिटल अनलाइन भएपनि यसको प्रभावकारीता अबको दायित्व भएको र यसलाई जनताको सबैभन्दा नजिकको साथी बनाउनुपर्ने भन्दै पत्रकारिता मर्यादाको आत्मसाथ गरी मिडियालाई व्यवस्थित र विश्वानीय बनाउनुपर्ने कुरामा जोड दिनुभयाे ।
त्यसैगरी कार्यक्रममा ग्लोबल ओरियन्स नेपाल घोराही शाखाका मिसन भट्टराईले सिस्ने अनलाइनको वार्षिकोत्सबको अवसरमा मैत्रीपूर्ण फूटबल खेल्न पाउँदा आफ्नो टिम खुसी भएको बताउनुभयाे ।
यसैबीच अनलाइनको वार्षिकोत्सबको अवसर भएको मैत्रीपूर्ण फूटबल प्रतियोगितामा पत्रकार टिम विजयी टिम विजयी भएको छ । घोराही-१८ मा रहेकोे नवलपुर खेलकुद मैदानमा जिल्लामा रहेका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार र ग्लोबल ओरियन्स नेपालबीच भएको मैत्रीपूर्ण फूटबल प्रतियोगितामा पत्रकारको टिम बिजयी भएको हो ।
खेलको पहिलो हाफमा पत्रकार टिमले उत्कृष्ट खेल प्रदर्शन गर्दै ६ गोल गरेको थियो भने एक गोल मात्र खाएको थियो । पहिलो हाफ निकै दबाबमा खेलको ग्लोबल टिम दोस्रो हाफमा जादुमय खेल पस्किदै ५ गोल गर्न सफल भएपनि हारबाट बच्न सफल भएन् । दोस्रो हाफमा पत्रकार टिमबाट थप १ गोल गर्दै ७-६ गोल अन्तरले पत्रकार टिम बिजयी हुन पुगेको हो ।
अनलाइनकर्मी हिमाल महराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार चन्द्रप्रकाश नेपालीले गर्नु भएको थियाे।
यस्तै अनलाइनले आफ्नो वार्षिकोत्सवको अवसरमा घोराही – मा रहेको जेष्ठ नागरिक केन्द्रद्वारा सञ्चालित वृद्धाश्रमा पुगेर फलफूल वितरण गरेको छ ।
वार्षिकोत्सवमा सिर्जनात्मक र रचनात्मक काम गर्ने उद्देश्यकासाथ वृद्धाश्रमा रहेका वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरिएको हाे ।